निर्वाचन आयोगले मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्दै मत माग्ने उम्मेदवारमाथि कारबाही गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको खुट्टामा ढोगेर भोट मागेको फोटोसहितको समाचार प्रकाशित भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो । तर, उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले उनलाई सचेत गराउने निर्णय गरेको हो। ‘निजले पेश गरेको स्पष्टीकरण वस्तुगत आधारको नभइ चित्त बुझ्दो नभएको र निजले आचारसंहिता उलंघन गरेको ठहरे