भौगोलिक हिसाबले प्रदेश १ का आधा दर्जन जिल्ला दुर्गम सूचीमा पर्छन् । तर, अनाज (धान, मकै, गहुँ, कागुनो, जौ, फापर) को समग्र उत्पादनमा भने यही प्रदेश अगाडि देखिन्छ । सरकारी तथ्यांकअनुसार मकै, आलु, चिया, गाई, बंगुर, सुन्तला जातका उत्पादनमा प्रदेश १ पहिलो नम्बरमै छ ।