युक्रेन सङ्कटको कूटनीतिक समाधान

निःसन्देह आजको परिस्थितिमा कूटनीतिक सम्झौताको विषय असान्दर्भिक पनि मानिएला। रुसको निर्मम हमलाबाट आज संसार आजित छ भने युक्रेनी जनताको साहसिक प्रतिरोधबाट प्रभावित पनि छ। तथापि, युक्रेनको अस्तित्व (सम्भवतः सिंगो संसारको समेत) अन्ततः सही भावनाको पक्षमा उभिने ...

सम्बन्धित सामग्री

युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री

युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनु भएको छ ।

समस्या एउटा समाधान अर्कै

नेपाली युवा रूसी सेनामा भर्ना भएको पाइएपछि सरकारले अहिलेलाई रूस तथा युक्रेनको श्रमस्वीकृति स्थगन गर्ने निर्णय गरेको छ । श्रमस्वीकृति नभएका मुलुकमा पनि अहिले युवाहरू वैदेशिक रोजगारीमा गइरहेको पाइएको छ । त्यति मात्र होइन, कर्मचारीकै मिलेमतोमा भिजिट भिसामा गएर त्यतै काम गरिरहेको पनि पाइन्छ । यसरी विदेश जाँदा उनीहरूले कानूनी रूपमा कुनै सुरक्षा पाउँदैनन्, कुनै जोखिम आए त्यसबापत कुनै क्षतिपूर्ति पनि पाउँदैनन् । यस्तोमा स्वीकृतिविना काममा जान रोक्नु आवश्यक छ भने उनीहरूलाई यस सम्बन्धमा सचेत पार्नु पनि आवश्यक छ ।  लुकीछिपी होस् वा खुला रूपमा जुन देशसँग सैनिकमा काम गर्न लैजानेबारे सम्झौता भएको छैन ती देशले नेपालीलाई सैनिकमा भर्ना लिन पाउँदैनन् । त्यसैले युक्रेन वा रूस, ती देशमा नेपाली युवा कुनै पनि हालतमा भर्ना हुन पाइँदैन । त्यसलाई रोक्नु सरकारको दायित्व हो । तर, रूसी सेनामा भर्ना हुनबाट रोक्न अहिले लिइएको निर्णयले भने समस्या समाधान गर्दैन । त्यसैले यो समस्या एउटा, समाधानको उपाय अर्कै खोजेको जस्तो देखिएको छ ।  नेपालमा वैदेशिक रोजगार विभाग छ । त्यस्तै परराष्ट्र मन्त्रालय पनि छ । कूटनीतिक आचरणविपरीत सेनामा भर्ना लिएपछि कूटनीतिक च्यानलबाटै त्यसको विरोध गर्नुपर्छ । नेपालले रूसलाई यस सम्बन्धमा कूटनीतिक नोटिस पनि दिएको समाचार आएको छ । तर, सेनामा भर्ना रोक्ने वा भर्ना भएकालाई फिर्ता पठाउने बारेमा भने उसले कुनै पनि निर्णय गरेको छैन, प्रतिक्रिया सार्वजनिक गरेको छैन । नेपाली सेनाका जागीरेसमेत रूसी सेनामा भर्ना भएको समाचार आएको छ । यसले नेपाललाई झनै समस्यामा पार्न सक्छ । अज्ञानतावश नेपालीहरू रूसी सेनामा भर्ना भएको र त्यसलाई रोक्न कडा प्रक्रिया अपनाएको कुरामा युक्रेनलाई विश्वस्त नपार्ने हो भने बन्धकहरूको जीवन रक्षा नहुन पनि सक्छ । रूसी सेनामा भर्ना भएका नेपालीलाई युक्रेनले बन्धक बनाएको समाचार पनि आएको छ । नेपालले युक्रेनलाई ती बन्धक छुटाउन पहल गर्नुपर्छ । अज्ञानतावश नेपालीहरू रूसी सेनामा भर्ना भएको र त्यसलाई रोक्न कडा प्रक्रिया अपनाएको कुरामा युक्रेनलाई विश्वस्त नपार्ने हो भने बन्धकहरूको जीवन रक्षा नहुन पनि सक्छ । युक्रेनले उनीहरूलाई छाड्न नसकिने प्रतिक्रिया दिएको समाचार आएको छ । यस्तोमा जेजस्तो गरी नेपालीहरू विदेशी सेनामा भर्ना भई युद्धमा सामेल भएको भए पनि त्यसले नेपालको परराष्ट्र नीति नै समस्यामा पार्न सक्छ । त्यसमाथि पनि युक्रेन नेपालको व्यापारिक साझेदार हो । रूसबाट पनि नेपालमा सामान आयात भएको पाइन्छ । केही खाद्यवस्तुका लागि नेपाल यिनीहरूमाथि निर्भर रहेको छ । यस्तोमा नेपाली सैनिक ती देशका सेनामा भर्ती हुनु वा उनीहरूको पक्षबाट लड्नुले निकै गम्भीर परिणाम नल्याउला भन्न सकिँदैन । नेपाल विश्वभरिका युद्धमा तटस्थ रहँदै आएको छ । यो युद्धमा होस् वा इजरायल–हमास युद्धमा, नेपालले तटस्थ भएर र मानवीय मूल्यलाई आत्मसात् गरेर आफ्नो मत जाहेर गर्दै आएको छ । तर, यस्तो घटनाले भने नेपाललाई समस्यामा पार्न सक्ने भएकाले रोजगारीमा जान प्रतिबन्ध लगाउनुमात्र पर्याप्त हुँदैन । यो निर्णयले सरकारलाई आफ्ना नागरिक विदेशमा कुन उद्देश्यले जान्छन् भन्ने थाहा नभएको पनि देखाएको छ । रूसी सेनामा भर्ना हुनेहरू अधिकांश भारत या यूएई हुँदै गएको पाइन्छ । त्यसैले सरकारले श्रमस्वीकृति बन्द गर्नुभन्दा रूस सरकारसँग आफ्ना नागरिकलाई भर्ना गर्न रोक्ने पहल गर्न सक्नुपर्छ । नेपालसँग सम्झौता नभई रूसले नेपाली युवालाई आफ्नो सेनामा भर्ना गर्न पाउँदैन । त्यसैले नेपालले रुसलाइ कुन सम्झौता र कानूनले नेपाली युवालाइ रूसी सेनामा भर्ना गरिएको हो भन्नेबारे प्रश्न गर्नुपर्छ । अब पनि यसो नगर्ने हो भने समस्याको समाधान हुँदैन । त्यसैले यस्ता समस्या भविष्यमा पनि आउन सक्ने भएकाले तत्काल कुरा गर्नुपर्छ । नत्र रूस जस्तै अन्य मुलुकले पनि नेपाली युवालाई आफ्ना सेनामा लगाउन सक्ने सम्भावना रहन्छ ।  विश्वभरि नै एक देशको अर्को देशसँग हुने लडाइँमा भाडाका सैनिक प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता भाडाका सैनिक युद्धको अग्रपंक्तिमा पठाइन्छन् । उनीहरूलाई आधारभूत तालीम पनि दिइएको हुँदैन । एक किसिमले भन्ने हो भने यो एक प्रकारले आधुनिक दासताको एउटा रूप हो । रूसमा सैनिकमा गएको मात्र होइन, युवाहरू अन्य देशमा समेत ज्यादै जोखिमपूर्ण काममा गएको पाइन्छ । तिनको पासपोर्ट र अन्य कागजात लुकाएर श्रमशोषण गरिएको छ । त्यसबारे सरकार जानकार छैन त भन्न सकिँदैन तर त्यसलाई रोक्न र त्यसबारे अध्ययन गर्न अनि तदारुकता देखाउन नेपालको कूटनीतिक क्षेत्र चुकेको छ । यसको अर्थ केही पनि गरेको छैन भन्ने त होइन, सामान्य औपचारिकतामा मात्रै यस्तो गतिविधि सीमित छ । अत: सरकारले समस्याको जडमा पुगेर नेपाली युवालाई त्यसरी जोखिमपूर्ण काममा नजान सचेत पार्न आवश्यक छ ।

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्ने युक्रेनको सर्त

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन्। इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, ‘हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि  रुससँग वार्ता गर्न सक्छौँ।’उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले ‘अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्

पुटिन र जेलेन्स्कीलाई माेदीकाे आग्रह- वार्ताबाटै युद्ध अन्त्य गर्नुस्

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक रूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा वार्ता र कूटनीतिक माध्यमबाट युक्रेन द्वन्द्वकाे समाधान खाज्नुपर्नेमा जोड दिएका छन् ।

म्याक्रोंले रुसमाथि दिएको बयानमा किन रुष्ट भयो युक्रेन ?

युक्रेनका विदेशमन्त्रीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले एक विज्ञप्तिमा रुसलाई अपमानित नगर्नु महत्त्वपूर्ण भएको भन्दै कूटनीतिक तवरले यस मामिलाको समाधान गर्ने सम्भावना रहेको बताएका थिए ।युक्रेनका राष्ट्रपति दिमित्रो कुलेबाले म्याक्रोंको यो भनाइप्रति आपत्ति जनाएका छन् ।कुलेवाले ट्विट गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।Calls to avoid humiliation of Russia can only humiliate France and every other country that

युद्ध वार्ताको टेबलबाट मात्र रोक्न सकिन्छ : जेलेन्स्की

न्युयोर्क – युक्रेन युद्ध कूटनीतिक माध्यममार्फत मात्र समाधान गर्न सकिने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । राष्ट्रिय टेलिभिजनमा उनले युद्ध मैदानमा आफ्नो देश विजयी हुने दाबी गरे । युक्रेनमाथि रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनलाई केन्द्र बनाएर हमला गरेको छ । उनले अगाडि भने, ‘युद्ध वार्ताको टेबलबाट […]

युक्रेन संकटमा संयम अपनाउन चीनको आग्रह

काठमाडौं । चीनले युक्रेन संकटमा सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ जुनले त्यससँग सम्बन्धित सबै पक्षलाई संयम अपनाउन र तनाव बढाउन सक्ने कुनै पनि कार्य नगर्न आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठकमा संक्षिप्त टिप्पणी गर्दै झाङले संकट समाधान गर्ने सबै कूटनीतिक प्रयासलाई...

युक्रेनका विषयमा रुससँग कूटनीतिक पहल गरिदिन चीनलाई अमेरिकाको गुहार (भिडियो)

रुसमाथिको प्रभावलाई उपयोग गर्दै युक्रेन संकटको कूटनीतिक समाधान खोजिदिन अमेरिकाले बिहीवार चीनलाई आग्रह गरेको छ । विज्ञहरूले यस संकटमा वाशिङटनलाई बेइजिङले सहयोग गर्ने विषयमा आशंका व्यक्त गरेका छन् ।  अमेरिकाको परराष्ट्र मन्त्रालयकी अधिकारी भिक्टोरिया नुल्यान्डले बेइजिङलाई अमेरिकाले स्पष्ट सन्देश दिएको बताइन् ।  पत्रकार सम्मेलनमा बोल्दै नुल्यान्डले भनिन्, ‘मस्कोमाथि रहेको प्रभाव उपयोग गर्दै बेइजिङले कूटनीतिको पहल गर्न हामी आग्रह गर्छौं । युक्रेनमा द्वन्द्व भएमा चीनका लागि पनि राम्रो हुने छैन । विश्व अर्थतन्त्रम...