रुसमाथिको प्रभावलाई उपयोग गर्दै युक्रेन संकटको कूटनीतिक समाधान खोजिदिन अमेरिकाले बिहीवार चीनलाई आग्रह गरेको छ ।
विज्ञहरूले यस संकटमा वाशिङटनलाई बेइजिङले सहयोग गर्ने विषयमा आशंका व्यक्त गरेका छन् ।
अमेरिकाको परराष्ट्र मन्त्रालयकी अधिकारी भिक्टोरिया नुल्यान्डले बेइजिङलाई अमेरिकाले स्पष्ट सन्देश दिएको बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै नुल्यान्डले भनिन्, ‘मस्कोमाथि रहेको प्रभाव उपयोग गर्दै बेइजिङले कूटनीतिको पहल गर्न हामी आग्रह गर्छौं । युक्रेनमा द्वन्द्व भएमा चीनका लागि पनि राम्रो हुने छैन । विश्व अर्थतन्त्रम...