युक्रेन संकटको कूटनीतिक समाधान खोज्ने प्रयास : मस्कोमा म्याँक्रो र पुटिनबीच भेटघाट हुँदै

२४ माघ, काठमाडौं । युक्रेनलाई लिएर नेटो गठबन्धन र रुसबीच तनाव बढिरहेका बेला फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले रुसी राष्ट्रपति पुटिनलाई भेट्दै छन् । पूर्वी युरोपमा युद्धको बादल मडारिरहेका बेला म्याँक्रो सोमबार रुस प्रस्थान गरेका हुन् । रुसको भ्रमणमा निस्केका म्याँक्रो र पुटिनबीच मस्कोमा युक्रेन संकटबारे छलफल हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । युक्रेनलाई लिएर […]

सम्बन्धित सामग्री

युक्रेन संकटमा पाकिस्तानको भूमिका असफल

युक्रेन संकट शुरु हने बेला दक्षिण एसियाको पाकिस्तानका प्रधानमन्त्री इमरान खान रुस भ्रमणमा थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरे तर, युक्रेनबारे कुनै छलफल भएन । खानले मस्कोमा...

अमेरिकाले रुसलाई युक्रेनसँग युद्ध गराउन खोजेको पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशलाई युक्रेनसँग युद्ध गराउनका लागि अमेरिकाले कोशिश गरिरहेको दाबी गरेका छन् ।  युक्रेन संकट शुरू भएपछि आएको पुटिनको उल्लेख्य टिप्पणीमा अमेरिकाले युद्धको बहाना बनाएर रुसमाथि थप प्रतिबन्ध लगाउन खोजेको बताए । युरोपमा नेटो गठबन्धनका बलहरूका सम्बन्धमा रुसले देखाएको चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पनि उनले बताए ।  मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि पुटिनले यो टिप्पणी गरेका हुन् ।  युक्रेनलाई नेटोको सदस्य बन्न दिँदा नेटोका अन्य सदस्यहरू रु...