काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
थापाथलीस्थित नेकपा एमालेका पार्टी कार्यालयमै आयोजित कार्यक्रममा उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेलाई पार्टीमा स्वागत गरेका हुन् ।