रूपन्देहीका २ गाउँपालिका अध्यक्ष सोमवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जिल्लाको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन् ।
स्थानीय राजनीतिमा प्रभावशाली नेता कार्यकर्तासहित नवप्रवेशीलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।
केवट र हरिजन माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष हुन् । रूपन्देहीका १६ पालिकामध्ये ओमसतिमामा मात्र माओवादीले २०७४ सालको स्थानी...