काठमाण्डाै - भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन लाख नाघेको छ ।
गएको २४ घण्टामा चार हजार चार सय ५४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन लाख तीन हजार सात सय २० पुगेको छ । भारतमा अहिलेसम्म दुई करोड ६७ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म दुई करोड ३७ लाखभन्दा धेरै निको भएका छन् ।
अहिलेसम्म १९ करोड ६० लाखभन्दा धेरैले खोप लगाएका छन् ।