भारतमा कोरोना : थपिए सात हजार ९७४ नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।   भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या ८७ हजार २४५ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयल

सम्बन्धित सामग्री

भारतमा कोरोना : २४ घण्टामा ८ हजार बढी संक्रमित थपिए

भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातसम्म दश हजार ६ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अ

भारतमा कोरोना : २४ घण्टामा झण्डै १६ हजार सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् ।मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् । एउटै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना सङ्क्रमित

भारतमा कोरोना भाइरसका १३ हजारभन्दा धेरै सङ्क्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शन्य दशमलब १९ प्रतिशत हो । पछिल्लो एक दिनमा दश हजार ९१२ […]

भारतमा एकैदिन थपिए १२ हजार २१३ कोरोना सङ्क्रमित

एजेन्सी – भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन्। भारतमा पछिल्लाे २४ घण्टाको समयाअवधिमा थपिएका कोरोना सङ्क्रमित यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो। यस वर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ जना काेराेना सङ्क्रमित थपिएका थिए। गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए। भारतमा हाल […]

भारतमा कोरोना : थपिए ३५४५ जना कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ४ लाख ६५ हजारभन्दा बढीको परीक्षण गर्दा ३ हजार ५४५ जनामा संक्रमण देखिएको हो। पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढिरहेको छ। त्यहाँको स्वास्थ्यय मन्त्रालयले कोरोनाको चौथौ लहर फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको…

भारतमा थपिए १ लाख २७ हजार नयाँ कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन् ।  संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या पाँच लाख एक हजार ११४ पुगेको छ । भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्

भारतमा थपिए २ लाख ९ हजार कोरोना संक्रमित

भारतमा कोरोना भाइरसका कारण थप दुई लाखभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ संक्रमित भएका हुन्।

भारतमा पुनः बढ्दै कोरोना, एकै दिन थपिए ४५ हजारभन्दा बढी

भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।  यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो।

भारतमा थपिए ४१ हजार कोरोना संक्रमित

भारतमा थप ४१ हजार ८०६ जना कोभिड १९ संक्रमित थपिएका छन्। यस्तै, ३९ हजार १३० जना संक्रमण मुक्त भएका छन्। भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ३२ हजार ४१ पुगेको छ। संक्रमणका कारण थप ५८१ जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण ४ लाख ११ हजार…