भारतमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २४ जनाले ज्यान गुमाएका छन् । भारतमा १ लाख १३ हजार ८ सय ६४ जना सक्रिय सङ्क्रमित छन् । केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २५ हजार २ सय २३ जनाले ज्यान ग...