भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ । गएको २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । यो हिजोको तुलनामा चार हजार एक सय ७१ ले कम हो । हिजो तीन लाख ३७ हजार सात सय ४ जनालाई सङ्क्रमण भएको थियो । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ५ सय २५ जनाको ज्यान गएको छ भने दुई लाख ५९ हजार एक सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् ।   

सम्बन्धित सामग्री

भारतमा एकै दिनमा कोभिड-१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

एजेन्सी । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी सङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए  ।कोरोना सङ्क्रमणबाट  बिहीबार एकैदिनमा एक हजार १८५ जन

लकडाउन शुरु भएपछि प्रवाशी मजदूरहरु कठिन यात्रा गरेर  घर फर्किन बाध्य

वैशाख २, नयाँदिल्ली  । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएलगत्तै त्यहाँका राज्य सरकारहरुले कडाखाले लकडाउन जारी गरेपछि प्रवाशी मजदूरहरु घर फर्किन बाध्य भएका छन् । त्यहाँको नयाँदिल्ली, हरियाणा तथा महाराष्ट प्रदेशले दोस्रो लहर शुरु भएको भन्दै महामारीबाट बच्न निषेधाज्ञा जारी गरेका छन् । अनिश्चितकालिन निषेधाज्ञा लगाइएपछि प्रवाशी मजदूरहरु पुन घरतर्फ सार्वजनिक यातायातबाट कठिन यात्रा गर्दै घर फर्किरहेको दृष्य टेलिभिजन च्यानलहरुले प्रशारण गरिरहेका छन् । झण्डै एक वर्षसम्म सुस्ताएको भारतीय अर्थतन्त्र बौरिने अवस्थामा रहेकोमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि थप अन्यौलमा पुगेको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् । पूर्वसावधानी अपनाउनु आवश्यक रहेको भन्दै सार्वजनिक भेलामा प्रतिवन्ध लगाइएको  छ भने माध्यामिक तथा उच्च माध्यामिक तहका परीक्षाहरु रद्द गरिएका छन्  ।  भारतमा गत २४ घण्टामा थप २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अस्पतालमा संक्रमितहरुको खचाखच भीड लागेको छ । भने त्यहाँका विरामीहरुले अक्जिन सिलिण्डर तथा रगतको अभाव झेलिरहेका छन् । नयाँदिल्लीका सरकारी तथा निजी  अस्तालहरुमा प्लाज्मा रगतको अभाव केहिदिन यता पाँच गुनासम्मले बढेको छ । संक्रमणबाट मृत्यु  हुनेको संख्या बढिरहेको भन्दै भारतीय टेलिभिजन च्यानलले त स्मसान घाटमा अन्तिम संस्कार गर्न पनि समस्या भइरहेको बताएको छ  ।  कुल सङ्क्रमितको संख्या १ करोड ४० लाख ७४ हजारभन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीवार बताएको छ। भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाखभन्दा बढी संङ्क्रमित हुनु बुधवार पहिलो पटक भएको बताइएको छ ।  त्यहाँ कोरोनाबाट हालसम्म मृत्यु हुने व्यक्तिको संख्या १ लाख ७३ हजार नाघेको छ ।एजेन्सीहरुको सहयोगमा

कोरोनाबाट ज्यान गुमाउने देशमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो

काठमाडौं । ब्राजिलमा गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २८ हजार ७९५ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ९६ हजार २९३ पुगेको छ । ब्राजिलको साओ पाउलोे सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट एक लाख ५४ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । इटाली कोरोना भाइरस सङ्क्रमणबाट ९० हजार भन्दा बढीको मृत्यु इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ । इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखा परेको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको माहामरी शुरु भएयता हालसम्म २५ लाख ९७ हजार ४४६ जना कुल सङ्क्रमित भएका छन् । इटालीमा बुधबार १५ हजार ७४८ कोरोनाा मुक्त भएपछि कोभिड –१९ को संङ्क्रमण शुरुभएयता हालसम्म २० लाख ७६ हजार ९२८ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । बुधबार १३ हजार २७७ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखेपछि सक्रिय सङ्क्र्मितको संख्या ४ लाख ३० हजार २७७ रहेको जनाइएको छ । कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणबाट ५५ हजार भन्दा बढीको मृत्यु कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणको कारण २५४ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५५ हजार १३१ पुगेको स्वास्थ्य र सामाजिक प्रतिरक्षा मन्त्रालयले बिहीबार जनाएको छ । गत २४ घण्टाको अवधीका ९ हजार ७९० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या २१ लाख ३५ हजार ४१२ ...

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजारभन्दा बढी

एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा प...

भारतमा कति पुग्यो सक्रिय कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक आइतबार कोभिड १९ को सङ्क्रमित २० हजार भन्दा कम देखिएको थियो ।