रुकुम पश्चिममा वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा

रुकुम पश्चिम – यही वैशाख १९ गते आइतवारदेखि लागू हुने गरी रुकुम पश्चिममा निषेधाज्ञा लगाइने भएकाे छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।  कोरोना भाइरसको नयाँ 'भेरिएन्ट' सहितको सङ्क्रमण दर तीव्र गतिमा बढेकाले निषेधाज्ञा लगाउनुपरेकाे केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सङ्क्रमण दर बढ्न सक्ने हुँदा सङ्क्रमण फैलावटको साङ्लो तोड्न एवम् सङ्...

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमित र कुरुवा लक्षित निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि बन्द

रुकुम पश्चिम – कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई लक्षित गरी रुकुम पश्चिममा सुरुवात गरिएको निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि आज समापन गरिएको छ ।  गएको जेठ ७ गतेदेखि असार २५ गतेसम्म जिल्ला अस्पताल सल्लेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहको एक स्वयंसेवक समूहले चलाएको निःशुल्क खाना तथा खाजा खुवाउने अभियान ५१ दिनपछि समापन गरिएको हो ।   कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा केही खुकुलो भइ होटेल तथा रेस्टुरेन्ट समेत खुला गर्ने जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय भएकाले अहिले त्यो ...

निषेधाज्ञा कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)

काठमाडौं । हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार हाल अधिकांश जिल्लामा यही असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । बैतडी र सिरहामा असार १५, दार्चुलामा असार १२, सुर्खेत, चितवन, सल्यान, रुकुम पश्चिम, प्युठान, दैलेख,...

रुकुम पश्चिम र डोल्पामा थपियो निषेधाज्ञा

रुकुम पश्चिम र डोल्पा जिल्लामा दोस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा  जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरेको हो ।

हालसम्म ६३ ओटा जिल्लामा निषेधाज्ञा जारी

वैशाख २५, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि ६१ ओटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  गृह मन्त्रालयको विवरणअनुसार शनिवार अपराह्न ४ बजेसम्म ५३ ओटा जिल्लामा जिल्लाभर र १० ओटा जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।  बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ ।  यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।  यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटाका कोरोना प्रभावित क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ । सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् । रासस

कोरोना महामारी रोक्न ३० जिल्लामा पूर्ण निषेधाज्ञा

काठमाडौँ । कोरोना महामारी रोक्न विभिन्न २९ जिल्लामा पूर्ण निषेधाज्ञा लागु गरिएको छ। अन्य १२ जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ। जिल्लाभर निषेधाज्ञा लागु गरिएका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत, बाँके, कास्की र कैलाली छन्। यसैगरि पर्सा, दाङ, कन्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा र झापामा पनि जिल्लाभर […]

आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा, काठमाण्डौमा थप कडाइ

काठमाण्डौ - आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ ।  उदयपुर, गुल्मी, झापा, डडेल्धुरा, रुकुम  पश्चिम, जाजरकोट र सल्यानमा पूर्ण निषेधाज्ञा लागू भएको छ । सल्यान, रुकुम पश्चिम र डडेल्धुरामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।  यस्तै, गुल्मी र जाजरकोटमा गएरातिदेखि पूर्ण निषेधाज्ञा लागेको गृह मन्त्रालयले जनाएको छ । झापामा भने भरे राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा लागू हुनेछ । बाजुराको हिमाली गाउँपालिकामा बिहान ५ बजेदेखि आंशिक निषेधाज्ञा लागू भएको छ । यसैगरी दार्जुलाको महाक...

मुलुकका थप ६ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोभिड–१९ संक्रमणको क्षेत्र विस्तार भएसँगै शनिवार आंशिक र पूर्ण गरी थप ६ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यससँगै शनिवारसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिवार राति १२ बजेदेखि र सात जिल्लामा आइतवारदेखि कार्यान्वयनमा आउने बताइएको छ । कुल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ । प्राप्त विवरणअनुसार शनिवार गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको छ । उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले बताएको छ । गुल्मीमा शनिवार राति १२, बाजुरामा बिहान ५ र उदयपुरमा आइतवार राति ८ बजेदेखि आदेश कार्यान्वयनमा आउनेछ भने प्यूठानमा शनिवार बिहान ६ बजेदेखि नै कार्यान्वयन भइसकेको छ । घोषित विवरणअनुसार काभ्रेमा अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा–पनौती–खोपासी सडकको ५०० मिटर दायाँबायाँ, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ–भकुण्डे हुँदै मंगलदारसम्मको दायाँबायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञाआदेश जारी गरिएको छ । उक्त आदेश आइतवार राति १२ बजेदेखि कार्यान्वयन हुने बताइएको छ । यस्तै, गोरखाको भीमसेनथापा गाउँपालिका–७ र ८ मा शनिवार राति १२ बजेदेखि लागू हुनेगरी निषेधको आदेश जारी गरिएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतवार बेलुका ८ बजेदेखि लागू हुनेगरी निषेधको आदेश जारी गरिएको छ । यसअघि नै घोषणा गरिएअनुसार मोरङ, जाजरकोट र झापामा शनिवार राति १२ बजेदेखि तथा सल्यान, रुकुम पश्चिम र डँडेलधुरामा आइतवार बिहान ६ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले बताएको छ । सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।   सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रूपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ । यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारीसाधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ । रासस

रुकुम पश्चिम र सल्यानमा आइतबारदेखि निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढेपछि रुकुम पश्चिम र सल्यानमा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । प्रशासन कार्यालयले सल्यानमा १५ र रुकुम पश्चिममा १३ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

आठबीसकोटमा लगाइएको निषेधाज्ञा हट्यो

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ नम्बर वडाको राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र ६ (३ क) बमोजिम...

रुकुम पश्चिमको आठबीसकोटमा अनिश्चितकालीन निषेधाज्ञा

रुकुम पश्चिम – आठबीसकोट नगरपालिकाको मुख्य बजार क्षेत्र राडीमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरिएको छ । मङ्गलबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म  जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निषेधाज्ञा लगाएको हो ।   आठबीसकोटमा नेकपा (दाहाल–नेपाल समुह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झड...