कोरोना महामारी रोक्न ३० जिल्लामा पूर्ण निषेधाज्ञा

काठमाडौँ । कोरोना महामारी रोक्न विभिन्न २९ जिल्लामा पूर्ण निषेधाज्ञा लागु गरिएको छ। अन्य १२ जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ। जिल्लाभर निषेधाज्ञा लागु गरिएका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत, बाँके, कास्की र कैलाली छन्। यसैगरि पर्सा, दाङ, कन्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा र झापामा पनि जिल्लाभर […]

सम्बन्धित सामग्री

कास्कीमा निषेधाज्ञा थपियो, सवारी जोरबिजोर यथावत्

पोखरा । कास्कीमा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ। कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा कोरोना सङ्क्रमण क्रमिकरुपमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले भाद्र १८ गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले भाद्र ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिँदै प्रशासनले कोभिड १९ […]

कास्कीमा बढ्दो कोरोना सङ्क्रमणसँगै फेरि लम्बियो निषेधाज्ञा

पोखरा । कास्कीमा एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र ३ गते राति १२ बजेसम्म थप गरेको हो ।यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र ३ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्

बैतडीमा निषेधाज्ञा १५ दिन थप

बैतडी । कोरोना महामारी नियन्त्रणका लागि बैतडीमा लगाइएको निषेधाज्ञा थप गरिएको छ । वैशाख २० गतेदेखि जारीे निषेधाज्ञा १५ दिन थप गरीएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । यसअघि असार ३१ सम्म जारी गरिएको निषेधाज्ञालाई जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १५ सम्म कायम राख्ने निर्णय गरेको हो । कोरोना […]

उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिँदै

काठमाडौं। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप एक साता लम्ब्याउने तयारी भएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने बताएका हुन्। अब थपिने निषेधाज्ञामा खाद्यान्न पसल सञ्चालनसम्बन्धि खुकुलो नीति लिने उनले बताए।

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

१८ जेठ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही […]

निषेधाज्ञा सकिएको एक महिनासम्म धितो लिलामीमा रोक

नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।...

नेपालमा कोरोना महामारी बढ्यो, घर फर्कने परदेशीको सपना मनमनै मर्‍यो

काठमाण्डौ – कोरोना महामारी रोकथामका लागि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । देशका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी छ । सडक सुनसान छ । उडानहरू बन्द हुँदा वैदेशिक रोजगारीबाट स्वदेश फर्कने र रोजगारीका लागि जाने तयारीमा रहेकाहरू रोकिएका छन् । देशमै भएकाहरू त आफ्नै ठाउँमा छन् तर विदेशबाट बिदामा वा करार सकिएर घर फर्कंन टिकट काटिसकेकाहरू निश्‍चयमा परेका छन् । यस्तै मध्ये एक हुनुहुन्छ अहिले यूएईमा कार्यरत पाल्पाका नारायण कोइराला । उहाँको अनुभव र भोगाई उहाँकै शब्दमा  परदेशी...

काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा थपियो

काठमाडौं। काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा थपिएको छ। आज बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। कोरोना महामारी नियन्त्रण गर्नका लागि उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। यो अवधिमा उपत्यका छाड्न चाहनेहरूलाई सहजिकरण गरिने उनको भनाइ छ।

निषेधाज्ञा नटेरे सडकमै सजाय

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा सुरु हुँदै छ । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।सडकमा गुडेका सवारी नियमन र अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ७२ ठाउँमा नियमित चेक प्वाइन्ट र ५६ स्थानमा ‘ब्यारिकेड’ सहितको डेडिकेटेड चेक प्वाइन्ट स्थापना गरेको छ । ब्यारिकेट सडकमा बार लगाएर

चितवनमा पनि दुई सातासम्म निषेधाज्ञा (निर्णयसहित)

चितवन : दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि चितवनमा भोलि (बिहीबार) देखि दुई सातासम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आज (बुधबार) बसेको बैठकले वैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो।नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण दर तीव्र रुपमा बढ्दै गएपछि निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। तराईका जिल्लाहरुमा कोरोनाका सक्रिय संक