काठमाण्डौ - आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ ।
उदयपुर, गुल्मी, झापा, डडेल्धुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा पूर्ण निषेधाज्ञा लागू भएको छ ।
सल्यान, रुकुम पश्चिम र डडेल्धुरामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो । यस्तै, गुल्मी र जाजरकोटमा गएरातिदेखि पूर्ण निषेधाज्ञा लागेको गृह मन्त्रालयले जनाएको छ । झापामा भने भरे राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा लागू हुनेछ ।
बाजुराको हिमाली गाउँपालिकामा बिहान ५ बजेदेखि आंशिक निषेधाज्ञा लागू भएको छ । यसैगरी दार्जुलाको महाक...