काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज बेलुकी ६ बजेका लागि बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।
प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक भोलि शुक्रवार बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
बैठक भोलि बिहान साढे ८ बजे बस्नेछ । भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्न...