गोरखा – खानेपानी सुविधा पुगेपछि गोरखाको ताकुकोट गाउँका बासिन्दाले बाजागाजा र नाचगान गर्दै खुसी मनाएका छन् । बारपाक सुलिकोट गाउँपालिकाकाे केन्द्र ताकुकोटमा घरघरमै खानेपानी सुविधा पुगेको हो । स्थानीय भुत्तेधारा खानेपानी योजनाको उद्घाटनका क्रममा गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि र उपभोक्ताले बाजागाजा बजाउँदै नाचगान गरेर आपसमा खुसी साटेका हुन् ।
लामो समयदेखि भोग्दै आएको खानेपानीको असुविधा अन्त्य भएपछि स्थानीयवासी खुसी भएका हुन् । यसअघि त्यहाँका उपभोक्ता बस्तीभन्दा आधा घण्टा तलको मूलमा पुगेर खानेपानी ओस...