५० वर्षअघिको पाटन चिनाउने बाजागाजा (फोटो फिचर)

काठमाडौं : दशकौं पहिले चलनमा रहेका बाजागाजा अहिले प्रयोग हुन छाडेका छन् भने पुराना सीप कौशलको पुस्तान्तरण नहुँदा चलनचल्तीमा रहेका बाजागाजासमेत लोप हुने अवस्थामा पुगेका छन्। तिनै पुराना बाजागाजा र पुरानो उपत्यकाबारे जानकारी दिने उद्देश्यले अहिले ललितपुरको पाटनमा परम्परागत बाजागाजा र फोटो प्रदर्शनी चलिरहेको छ। ...