काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूलाई लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेश गर्दा पछिल्लो समय जारी भएको परिपत्रबमोजिम गर्न अनुरोध गरेको छ ।
राष्ट्र बैंकले फागुन १० गते लघुवित्त कम्पनीहरूका लागि जारी गरेको परिपत्रबमोजिम कम्पनीहरूले १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने व्यवस्था छ । सोभन्दा बढी लाभांश वितरण गर्नुपरेमा ९५ प्रतिशतसम्म रकम विभिन्न जगेडा कोषका लागि छुट्याउनुपर्ने व्यवस्था छ ।