काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाई प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्र बैंकले नयाँ नीति जारी गरेको हो । अहिले भइरहेका अभ्यासलाई नीतिगत रुपमा समेटेर नीति सार्वजनिक गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।
अहिले सामाजिक सञ्जालमा राष्ट्र बैंकको आधिकारिक अकाउन्ट छैन । नयाँ नीतिअनुसार राष्ट्र बैंकले सामाजिक सञ्जालको पनि प्रयोग गर्ने भएको छ । सूचना प्रविधिको प्रयोग बढ्दै गएसँगै फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालम...