काठमाडौं : अफगानिस्तानको तालिबान सरकारले मुलुकको सैन्य शक्ति बढाउने भएको छ। त्यहाँको रक्षामन्त्रालयले १ लाख सदस्य रहेको नयाँ सैन्य दस्ता बनाउने घोषणा गरेको छ। अफगानिस्तानलाई इस्लामिक इमिरेट्स बनाउने घोषणा गरेको तालिबानले सैन्य बललाई प्राथमिकता दिन लागेको हो।रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजामीले स्थानीय टोलो न्युजलाई दिएको जानकारी अनुसार नयाँ दस्ता बनाउने काम लगभग ८० प्रतिशत सम्पन्न भएको र नाम घोषणासँगै ड्युटीमा परिचालन हुनेछ । अफगानिस्तानमा पूर्ववर्ती सरकारको पतनसँगै त्यहा