नारी सञ्चार गृह, झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरे । उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मेयर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग गरेका हुन् । मुस्कानलाई शल्यक्रियाको लागि रकम आवश्यक परेको जानकारी पाएपछि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बताइएको छ ।
एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ । अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गरेका हुन् ।
सङ्कलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउण्डेशनले रु १० लाख बनाई सहयोग रकम पठाएको फाउण्डेशनका अध्यक्ष रोशन कँडेलले जानकारी दिए । सहगोगका लागि सम्पूर्ण शाखा र फाउण्डेशनबीचको समन्वय एक्सपर्टका गु्रप जनरल व्यवस्थापक मञ्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गरेका थिए ।
काठमाडौं। मेगा बैंकले बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई उक्त रकम सहयोग गरेको हो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुलाई ७ लाख र मनाको चामेका पीडितलाई ५ लाख सहयोग गरेको हो। यी स्थानमा असार पहिलो साता आएको बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षती भएको थियो।
सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको हो । सूर्य नेपालको शेराटारस्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका ‘कोभिड–१९ […]
कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको चार स्थानीय तहमा रु २७ लाख सहयोग गरेको छ । हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएका पालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको हो ।
हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोगलगायतका तीन संस्थाको सहकार्यमा कोभिडविरुद्ध जुध्नका लागि देवघाटलाई ...
माछापुच्छ्रे बैंकले गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको हो ।बैंकले बतास फाउण्डेसनले निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि यो सहयोग दिएको हो । बैंकले सुदूरपश्चिम प्रदेशको अत्तरियामा रहेको मालाखेती अस्पतालाई अक्सिजन कन्सन्ट्रेटर किन्न ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ । ‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य […]
क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि विदेशमा ५ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ ।
वडा नम्बर २ घर भई हाल अमेरिकामा रहेका किरण श्रेष्ठको सक्रियतामा ५ लाख ३३ हजार ८२१ रुपैयाँ सहयोग संकलन गरिएको हो ।
सहयोग रकम पीडित दरैका नाममा माछापुच्छ«े बैंकमा रहेको खातामा जम्मा गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र जापानका रहेकाहरूबाट रकम संकलन गरिएको श्रेष्ठले जानकारी दिए ।
अभियानमा घुमन्ते समूहले पनि सहयोग गरेको छ । श्रेष्ठका अनुसार अझै पनि रकम संकलन अभिय...