चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाललाई कोरोनाभाइरसविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आफ्नाृ आधिकारिक ट्विटर अकाउन्टमा दिएको जानकारी अनुसार, तिब्बतले नेपाललाई ३० हजार लिटर तरल अक्सिजन, ८०० वटा भरिएका अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन कन्सनट्रेटर, पाँचवटा भेन्टिलेटर, २०० वटा आईसीयू बेड र १५ हजारवटा एन्टीजेन किटहरू उपलब्ध गराउने भएको हो ।