प्रयोगमा आएनन् भेन्टिलेटर र आईसीयू

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएका भेन्टिलेटर र आईसीयू प्रयोगमा आउन सकेका छैनन् । गतवर्ष जेठमा कर्णाली प्रदेश सरकारको सहयोगमा जडान गरिएका भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन नसकेका हुन् । भेन्टिलेटर र आईसीयूका सामान जडान गरेको लामो समय हुँदा समेत विशेषज्ञ चिकित्सकको अभावले प्रयोगमा ल्याउन नसकिएको अस्पताल स्रोतले बताएको छ । तालीम प्राप्त जनशक्ति अभावकै कारण भेन्टिलेटर सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार गतवर्ष प्रदेश सरकारको २ करोड ५८ लाख बजेटमा भेन्टिलेटर जडान गरिएको थियो । अस्पतालमा ६ शøयाको भेन्टिलेटर र १४ शय्याको आईसीयू जडान गरिएको उनले बताए । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि दुईजना मेडिकल अफिसर र दुई नर्सलाई एक हप्ताको तालीम दिइए पनि पर्याप्त नभएको श्रेष्ठले बताए । जनशक्तिका साथै भवनको व्यवस्था समेत नहुँदा भेन्टिलेटर र आईसीयू सञ्चालनमा समस्या भएको भनाइ छ । जिल्लामै उपचार सेवा प्रभावकारी नहुँदा ऋण लिएरै भए पनि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । जिल्लाको शारदा नगरपालिकाले गतवर्ष २ करोड खर्चेर अस्पतालमा निर्माण गरेको भवनमा भेन्टिलेर तथा आईसीयू सञ्चालन गर्न खोजिए पनि नगरपालिकाले अनुमति नदिएको बताइएको छ । नगरपालिकाले कोरोना संक्रमितको संख्या शून्यमा नझर्दासम्म नयाँ भवनलाई आइसोलेसन नै बनाउने बताएको छ । अक्सिजन आपूर्ति पर्याप्त नहुनु पनि भेन्टिलेटर सञ्चालनमा चुनौतीको रूपमा देखिएको जिल्ला अस्पताल सल्यानका डा. भीमकान्त जैसीले बताए । ‘भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि आवश्यकता अनुसारका औषधि पनि हुनुपर्छ,’ उनले भने, ‘साथै यसमा काम गर्ने जनशक्तिका लागि कम्तीमा एक महीनाको तालीम दिनुपर्छ, तर हामीले एक साताको मात्र दिन सक्यौं ।’ यही भदौभित्र ८० लाखका अन्य भेन्टिलेटर र आईसीयू बेड खरीद गर्न सरकारले स्वास्थ्य कार्यालय सल्यानलाइ परिपत्र गरेको छ । तर अब ८० लाखले उक्त सामान किनेर काम नहुने भएकाले उक्त बजेट फिर्ता पठाउनुपर्ने बाध्यता रहेको अस्पतालले बताएको छ । अहिले जिल्ला अस्पतालमा आउने गम्भीर अवस्थाका बिरामीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता छ ।

सम्बन्धित सामग्री

प्रयोगमा आएन आईसीयू र भेन्टिलेटर उपकरण

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा आईसीयू (सघन उपचार कक्ष) र भेन्टिलेटर सञ्चालनका लागि दुई बर्षअघि आएका उपकरण र बनेका संरचना अहिलेसम्म पनि प्रयोगमा आएको छैन । कोभिड महामारीको समयमा दुई बर्ष पहिले तत्काल सञ्चालन गर्न नेपाल सरकारले उपलब्ध गराएका दुई करोडका उपकरण अहिलेसम्म पनि सञ्चालनमा नआएका हुन् । जिल्ला अस्पतालमा आईसीयू (सघन उपचार कक्ष) सञ्चालनका […] The post प्रयोगमा आएन आईसीयू र भेन्टिलेटर उपकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्ती प्रादेशिक अस्पतालमा आईसीयू र भेन्टिलेटर प्रयोग विहीन

काठमाडौं । दाङकाे राप्ती प्रादेशिक अस्पतालमा कोरोना महामारीको समयमा सञ्चालित आईसीयू र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका छन् । अस्पतालको गोदाममा २० थान आईसीयू उपकरण र ९ थान भेन्टिलेटर उपकरण अलपत्र अवस्थामा रहेका हुन् । महामारीको प्रभाव कम भएसँगै आईसीयू र भेन्टिलेटर उपकरण अस्पतालको गोदाममा थन्किएका हुन् । जिल्लामा सरकारी अस्पतालको स्वास्थ्य […]

आईसीयू र भेन्टिलेटर सञ्चालनमा आउन सकेन

प्रदेश–१ सरकारले विशेषज्ञ चिकित्सक जनशक्ति व्यवस्था नगर्दा जडान भएको दुुई वर्षसम्म पनि धनकुटा अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन् ।धनकुटा अस्पतालमा ४ वटा भेन्टिलेटरसहितका १० आइसीयू बेड रहे पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिए । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि कम्तीमा एक/एक जना एनेस्थेजियोलिष्ट […]

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, साउन १५। कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई […]

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् ।जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य म

जिल्ला अस्पताल ओखलढुंगामा भेन्टिलेटर र आईसीयू बेड खरिदमा रहस्यमय ढिलाइ

ओखलढुंगा : जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगालाई अत्यावश्यक भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाइ भइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुत प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको एक महिना बितिसक्दा पनि अस्पतालमा भेन्टिलेटर र आईसीयू बेड जडान नभएको हो।स्वास्थ्य मन्त्रालयले दुईवटा भेन्टिलेटरसहित पाँचवटा आईसीयू बेड जडान गर्न एक महिनाअघि नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताललाई निर्देशन दिएको थियो। तर, भेन्टिलेटर र आईसीयू बेड जडान जडानका लागि हालसम्म ठेक्का प्रक्रिया समेत

१३ महिनामा थपिए ५७७ भेन्टिलेटर र ४०० आईसीयू बेड

१० जेठ, काठमाडौं । पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या ३ हजार पुगेको छ  । सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए अनुसार १८० भेन्टिलेटर र ६३० बेड […]

नेपालमा कति छन् आईसीयू र भेन्टिलेटर?

काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ। उच्च संक्रमण रहेका जिल्लामा आईसीयू र भेन्टिलेटरको अभाव देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार १९८ बेड आईसीयू र ५०८ वटा भेन्टिलेटर छन्। जसमा ३३१ जना आईसीयूमा र ११५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा रहेका सबै अस्पतालका आईसीयू र भेन्टिलेटर बिरामीले भरिएका छन्।

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिने क्रम बढेको छ ।स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४०