चितवन : युवाहरू विदेश पलायन हुँदा कृषि मजदुर पाउनै गाह्रो भएको छ। मजदुरको अभावमा दुईतीन वर्षमा सबैका खेतबारी बाँझै हुने अवस्था आएको भन्दै किसान चिन्तित बनेका छन्।भरतपुरको अमृतनगरमा रहेको युवा आधुनिक सामूहिक खेती फार्मका सचिव सुमन सुवेदी कामदारको खोजीमा नवलपरासीका गाउँगाउँ पुगेका छन्।त्यहाँबाट आएका युवालाई काममा लगाएर खेती गर्ने उनको योजना छ। उनले विगत पाँच वर्षदेखि तरकारीखेती गर्दै आएका छन्।उनले भने, ‘कामदार नपाउने र आफूले मात्रै गर्न नसक्ने अवस्था आएपछि सबै किसान पलायन हुन सक्छन्। यस्तै अ