जिल्लाको भगवतीमाई गाउँपालिका–२ मा एक दशकअघि चालिसभन्दा बढी घरपरिवार बस्थे । अहिले त्यहाँ सात घरपरिवार मात्र बस्ने गरेका छन् । सुविधासम्पन्न तथा रोजगारीका अवसर मिल्ने ठाउँमा बसाइँसराइ सर्ने क्रमसँगै यस्तो अवस्था देखिएको हो । भगवतीमाई गाउँपालिका–२ का खड्क शर्माले भन्नुभयो, “हाम्रो वडाभरिका अधिकांश गाउँका घर खाली भइसकेका छन् । पहाडमा त कोही बस्न मान्दैनन् सबैको आँखा तराईतिर छ । पुराना घर जीर्ण छन् भने खेतबारी बाँझै छन् ।”