गोरखा नगरपालिका–८ को नौबिसे र सिमलगैरी क्षेत्रमा बाँदरले बाली सखाप पार्न थालेसँगै किसानले खेतीयोग्य जग्गा बाँझै छाड्न थालेका छन् । गोरखा नगरपालिका कार्यालयबाट करिब १० मिनेटको पैदल दूरीमा रहेको नौबिसे र सिमलगैरी गाउँका धेरैजसो खेतबारीमा लगाइएको बाली बाँदरले सखाप पार्न थालेपछि अहिले बाँझै छाडिएको हो ।