बागलुङ : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बागलुङमा दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरुले आफ्नो पक्षमा भोट कसरी बढाउन सकिन्छ भनेर लागेका छन्। बागलुङमा अहिले उम्मेदवारहरूले आफू जनप्रतिनिधिमा निर्वाचित भएपछि पाउने सेवा सुविधा सामाजिक काममा लगाउने घोषणा गर्न थालेका छन्।पाँचदलीय गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बनेका बसन्तकुमार श्रेष्ठ र राजु खड्काले घोषणापत्रमै उल्लेख गरेर जनप्रतिनिधिको रूपमा आफ