युक्रेनको खेहर्सन सहरमा रुसले कब्जा गरेपछि नियुक्त गरिएका डेपुटी गभर्नर किरिल स्ट्रेमोसोभको ज्यान गएको रसियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।उहाँको कार दुर्घटनामा ज्यान गएको खबरमा उल्लेख छ । खेहर्सनबाट रुसी सेना फिर्ता भएसँगै गभर्नरको ज्यान गएको खबर आएको हो । रूसी कब्जाको सबैभन्दा प्रमुख समर्थकहरूमध्ये एक ४५ वर्षका स्ट्रेमोसोभलाई युक्रेनी प्रहरीले देशद्रोहको अभियोगमा खोजीको सूचीमा राखेको थियो ।रुसले कब्जा गरिएको युक्रेनी क्षेत्रमा रुसद्वारा नियुक्त धेरै अधिकारीहरूलाई युक्रेनले आक्रमणको निशाना बनाएको छ । रुसी सैनिकहरू फि...