बीबीसी। विश्वभर विभिन्न कम्पनीहरूले कोरोनाविरुद्ध दुई अर्ब डोज खोप निर्माण गरिसकेका छन्, तर ती खोप कहाँ छन्? ड्युक्स ग्लोबलहेल्थ इनोभेसन सेन्टरका अनुसार धेरै डोज धनी देशहरूले भण्डारण गरेका छन्। यस कारण गरिब देशले खरिद गर्छु भन्दा पनि पाउन सकेका छैनन्। युरोपेली राष्ट्र, अमेरिका र भारतले खोप निर्यातमा रोक लगाएका छन्। चीन र रुसले मात्रै खोप बिक्री गर्दै आएका छन्।