रुसले युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणबाट कम्तीमा ४ जनाको ज्यान गएको छ भने ऊर्जा तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको युक्रेनले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणबाट मोल्दोभामा बिजुलीको आपूर्तिमा समस्या भएको छ । रुसले आठ हप्तामा आठौँ पटक युक्रेनलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ । क्षेप्यास्त्र प्रहार र क्षतिबारे रुस–युक्रेनका आ–आफ्नै दाबी छन् ।
युक्रेनले रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र खसालेको दाबी समेत ...