युक्रेनकाे मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि तीन सय जनाको ज्यान गयो

युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि तीन सय जनाको ज्यान गएको छ । घेराबन्दीमा रहेको युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि आश्रय लिइ बसेका झन्डै तीन सय जनाको ज्यान गएको हो । रुसी आक्रमणबाट जोगिन नागरिक मारिओपोलमा रहेको थिएटरको अण्डर ग्राउन्डमा आश्रय लिएर बसेका थिए । रुसले थिएटरलाई निसाना बनाएर गोलाबारी गरेका बेला झण्डै ६ सय  नागरिक अण्डर ग्राउन्ड आश्रयस्थल लिएर बसेको मारिओपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताउनु भएकाे बीबीसीले उल्लेख गरेको छ ...

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसले लगायो प्रतिबन्ध

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ। रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ। ‘वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ […]

इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा प्रयोग गरिसक्यो: अमेरिका

इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा आक्रमण गरिसकेको पनि अमेरिकी दाबी छ ।

रुसले युक्रेनमाथि आक्रमण थालेको सय दिन पूरा

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेको १ सय दिन पूरा भएको छ । युक्रेनको अनजीकरण तथा असैन्यकरण गर्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा ‘विशेष सैन्य कारवाही’ को घोषणा गर्दै युक्रेनविरुद्ध आक्रमण थालेका थिए । त्यसयता रुसी आक्रमणका कारण युक्रेनबाट दशौँ लाख मानिसहरु विस्थापित भएका छन भने हजारौँ मानिसहरुको मृत्यु भएको छ । […]

रुसले युक्रेनमा आक्रमण थालेको सय दिन पुग्यो

रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ । रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी सेनाले युक्रेनमा जल, थल र आकास तीन तिरबाटै आक्रमण गर्दै आएको छ । रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ । ४ करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार झण्डै डेढ करोड युक्र...

रुसले आक्रमण थालेयता खार्किभमा मात्रै ५ सय बढी सर्वसाधारण मारिए

काठमाडौं– गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा हालसम्म ५ सय भन्दा धेरै गैरसैनिक मारिएका छन् । सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभले रुसी आक्रमणका कारण हालसम्म सो क्षेत्रमा ५०३ जनाको मारिएको जनाएका हुन् । उनका अनुसार मारिनेमा २४ जना बालबालिका समेत छन् । ‘यो निर्दोष […]

युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाको दाबी

रुसले युक्रेनमाथि आक्रमणका लागि सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो । रुसले युक्रेनसँगको लडाइका लागि भर्ती हुने लडाकुलाई २ सयदेखि ३ सय डलरसम्म तलब दिने तयारी गरिएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् । सिरियामा चलेको गृहयुद्धका कारण उनीहरुलाई युद्धबारे जानकारी हुने र युद्धमा लड्ने अनुभव भएको भन्दै उनीहरुलाई भर्ती गर्न लागिएको खबरमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्ला...

रुसले नियन्त्रणमा लियो कीभ नजिकैको एयरफिल्ड

एयरफिल्डलाई कब्जा गर्न २ सय रुसी हेलिकप्टर र एउटा मिसाइल प्रहार गरिएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको छ । योसँगै रुसले कीभलाई पश्चिमबाट पनि कब्जा गरेको छ ।

अमेरिकी सैनिक अलर्टमा, रुसले भन्यो - चिन्ता बढाउने कदम

रुसले अमेरिकाले ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय चिन्ताको विषय भएको बताएको छ । युक्रेनमाथि रुसी आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको जनाएपछि मंगलबार क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो । क्रेमलिनका प्रवक्ता दिमित्रि पेसकोवले युक्रेन संकटलाई रुसले नभई अमेरिका र नेटोले बढाइरहेकोप्रति फेरि एकपटक जोड दिए । यसअघि नेटोले सुरक्षा बललाई तयारी अवस्थामा राखेको र पूर्वी युरोप तर्फ जहाज र लडाकु विमान पठाइन लागेको जनाएको थियो