नयाँ सात ब्रोकर कम्पनी धितोपत्र बजारमा प्रवेश

काठमाडौं। धितोपत्र बजारमा बिहीवार (असार २८) देखि नयाँ सात ब्रोकर कम्पनीले कारोबार शुरू गरेका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स बाँड्न प्रक्रिया शुरू गरेको ९ महीनापछि थपिएका ब्रोकर कम्पनीमध्ये ७ ले कारोबार थालेका हुन् ।  बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न २०७९ असोज २ देखि ३१ गतेसम्म आवेदन संकलन गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि करीब ६ महीना प्रक्रिया रोकिएको थियो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सदस्यता पाएका भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडले औपचारिक रूपमा कारोबार शुरू गरेका हुन् ।  नेप्सेले भोले गणेशलाई ६१, क्यापिटल म्याक्सलाई ६२, हिमालयन ब्रोकरेजलाई ६३, सन सेक्युरिटिजलाई ६४, शेयरप्रो सेक्युरिटिजलाई ६५, मियो सेक्युरिटिजलाई ६६ र प्रोपर्टी विजार्डलाई ६७ ब्रोकर संकेत नम्बर प्रदान गरेको छ । सोही नम्बरका आधारमा यी कम्पनीहरूले सेवा शुरू गरेका हुन् । लाइभ कारोबारमा जानुअघि यी कम्पनीले परीक्षण कारोबार गरेका थिए ।  परीक्षण कारोबारमा सफल भई नियमित कारोबारमा सहभागी भएको सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले जानकारी दिए । उनका अनुसार पहिलो दिन सातओटै ब्रोकर कम्पनीले थोरै मात्रामा धितोपत्र कारोबार गरेका छन् । नयाँ प्रविधि, नयाँ राफसाफ प्रणालीमा अभ्यस्त हुँदै विस्तारै कारोबार बढाउँदै जाने गिरीको भनाइ छ ।  आफूहरूको योजनाबमोजिम असारभित्रै कारोबार शुरू गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै गिरीले यसका लागि भूमिका खेल्ने नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई धन्यवाद ज्ञापन गरे । नयाँ कम्पनीहरूलाई यतिबेला नयाँ अवसरसँगै चुनौतीसमेत रहेको भन्दै उनले यो अवस्थामा लगानीकर्ताको सहयोग र साथको अपेक्षा गरेको बताए । नेपाल धितोपत्र बोर्डले पहिलो चरणमा जेठ ८ गते यी कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । नेप्सेले असार २० गते यी कम्पनीलाई सदस्यता दिएको थियो ।  धितोपत्र बोर्डबाट हालसम्म १८ नयाँ कम्पनीले ब्रोकर लाइसेन्स प्राप्त गरिसकेका छन् । २५ नयाँ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । ब्रोकर लाइसेन्स पाउने १८ कम्पनीमध्ये एउटा पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा छ । बाँकी १० ले नेप्सेको सदस्यताका लागि आशयपत्र पाइसकेका छन् ।  नयाँ ब्रोकर कम्पनीहरूबाट पहिलो दिन २१० कित्ता धितोपत्र खरीद भएको छ । नेप्सेको तथ्यांकअनुसार नयाँ सात ब्रोकर कम्पनीबाट १ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको २१० कित्ता धितोपत्र खरीद भएको हो । ब्रोकर नम्बर ६५, शेयर प्रो सेक्युरिटिजबाट सबैभन्दा बढी ५४ हजार १० रुपैयाँ बराबरको ११० कित्ता धितोपत्र खरीद भएको छ ।

सम्बन्धित सामग्री

ब्रोकर कम्पनी पब्लिकमा लैजान माग

ब्रोकरहरूले पब्लिक कम्पनीमा परिणत हुने प्रावधान ल्याउन माग गरेका छन् । स्टक ब्रोकर एसोसिएसनले लामो समयदेखि ब्रोकरहरू पनि पब्लिकमा गएर सार्वजनिक सेयर निष्कासन (आइपिओ) जारी गर्न पाउनुपर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा...

ब्रोकर कम्पनी सञ्चालकका परिवारले सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने

ब्रोकर कम्पनीका सञ्चालकले आफ्नो र परिवारको नाममा सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८० संशोधन...

नेपालमा ब्रोकर कम्पनी बढाउन आवश्यक छ ? यसो भन्छन् विज्ञहरू

काठमाडौं । नेपालमा १०० ओटा ब्रोकर कम्पनी आवश्यक रहेको भन्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको अभिव्यक्ति पूँजी बजारमा चासो राख्नेहरूबीच चर्चाको विषय बनेको छ । गत बुधबार एक कार्यक्रममा उनले थप प्रतिस्पर्धाका लागि १०० ओटा ब्रोकर कम्पनी आवश्यक रहेको धारणा राखेका थिए ।  अहिले नेपालमा ५० ओटा स्टक ब्रोकर कम्पनी छन् । यसो त पछिल्लो समय पूर्ण अनलाइन प्रणालीबाट शेयर कारोबार हुने गर्दछ । के साँच्चिकै नेपालमा सय ओटा ब्रोकरको आवश्यकता छ त ? भन्ने प्रश्न आइरहेको छ । प्रविधिको विकासले धेरैजसो काम सिस्टमबाटै गर्ने मिल्ने भएकाले पनि यस्ता प्रश्न उठेका हुन् । साथै सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरूमा पनि पछिल्लो समय कम कर्मचारी भए पनि हुने अवस्था सिर्जना भएको छ ।   अधिवक्ता तथा धितोपत्रविज्ञ ज्योति दाहाल थप ब्रोकरको आवश्यक नरहेको र अहिलेकै ब्रोकरको संख्या नै धेरै भएको बताउँछन् ।  उनले भने, ‘भएकै ब्रोकरले राम्रो र स्तरीय सेवा सुविधा दिए पुग्छ ।’ यसरी हेर्दा थप ब्रोकरको आवश्यकता नेपालमा रहेको देखिँदैन । उनले थपे, ‘विगतमा पनि वाणिज्य बैंकको संख्या ३२ थियो । पछिल्लो समय मर्जर गरेर घटाउन थालिएको छ । बीमा कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । ब्रोकर कम्पनी मात्रै किन बढाउनुपर्‍यो ?’  तर, अन्तराष्ट्रिय पूँजीबजारविज्ञ मुक्ति अर्याल धारणाचाहिँ फरक छ । अर्याल थप ब्रोकर आवश्यक रहेको बताउँछन् । उनका अनुसार शेयर बजार विकास र विस्तारको लागि थप ब्रोकरका आवश्यकता, धेरै पहिलेदेखिको हो । सय वा दुई सय कति ब्रोकर कम्पनी चाहिने हो भन्ने कुराको निर्धारण बजारले नै गर्ने विज्ञ अर्यालको भनाइ छ ।  ब्रोकर एसोसिएशनका अध्यक्ष धर्मराज सापकोटा पूँजी बजारका मुद्दा राम्रोसँग अध्ययन गरेर मात्रै दीर्घकालीन नीति बनाउनुपर्ने बताउँछन् । ‘हामी ब्रोकरहरूलाई नयाँ ब्रोकर आउँदा अफ्ठेरो लाग्नु स्वाभाविक नै हो,’ उनले भने, ‘नियामकले चाहिँ क्यापिटल मार्केटका इस्युमा राम्रोसँग अध्ययन गरी त्यसको निष्कर्षअनुसार दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्दछ ।’  ब्रोकर एसोर्सिशनका अध्यक्ष सापकोटाका अनुसार नेपालमा सूचीकृत कम्पनीको संख्या थोरै हुनाले सेक्टरको विविधता पनि छैन । त्यसैले आवश्यक ब्रोकरको आवश्यक संख्या अनुमानका आधारमा भन्न सकिने अवस्था छैन ।  पछिल्लो समय शाखा विस्तार भइरहेकाले पनि ब्रोकरको पहुँच सबै ठाउँमा विस्तार हुने  सापकोटाको भनाइ छ ।  लगानीकर्ता नवराज दाहाल नेपालमा थप ब्रोकरको आवश्यकता नरहेको धारणा राख्छन् । ‘हामीलाई क्वान्टिटीभन्दा पनि बढी क्वालिटी चाहिएको छ,’ उनले भने । दाहालका अनुसार अहिलेको संख्या पनि धेरै छ । संख्यात्मक कमीको अवस्था होइन । सीमित ठाउँमा मात्रै ब्रोकरहरू बसेर सबै ठाउँमा सेवा विस्तार हुन नसकेको हो । अहिले ब्रोकरहरूले सेवा विस्तार गर्नुपर्ने खाँचोचाहिँ रहेको उनको भनाइ छ ।

४५ कम्पनीले मागे ब्रोकर लाइसेन्स

नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ ।सोमबार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै आवेदन सोमबार नै धितोपत्र […]

ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीका आवेदन

काठमाडौं । नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से) का सूचना अभिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ । सोमबार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै […]

धितोपत्र बोर्डद्वारा मल्ल एण्ड मल्ल ब्रोकरलाई कारबाही

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङलाई कारबाही गरेको छ । सेयर लगानीकर्तासँग अस्वभाविक रुपमा ब्याजदर लिएको भन्दै बोर्डले उक्त ब्रोकर कम्पनीलाई कारबाही गरेको हो । कम्पनीले लगानीकर्तालाई सेयर बिक्री गरेको रकम ढिला भुक्तानी गर्ने गरेको पाइएको बोर्डले जनाएको छ । बोर्डका अनुशार सेयर किनेको रकम ढिलो भुक्तानी गरेको […]

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी

काठमाडौं, साउन १० । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ । हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी […]

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी

काठमाडौं । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ ।हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अब नियमावलीले रू. १० करोडदेखि १ अर्बसम्मको चुक्त

सेयर ब्रोकर र मर्चेन्ट बैंकलाई धितोपत्र बोर्डको ६ बुँदे निर्देशन

३० वैशाख, काठमाडौं । कोरोना सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको छ । बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै कर्मचारीहरुलाई वर्क फ्रम होममा लगाउन र सिस्टम चलाउनका लागि बढीमा ३ जनामात्रै कर्मचारी कार्यालयमा खटाउन निर्देशन दिएको छ । कोरोना महामारीका कारण समस्यामा परेका साना […]

ब्रोकर कम्पनीहरुलाई तीन कर्मचारी मात्रै राखेर काम गर्न निर्देशन

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनी र मर्चेन्ट बैंकहरुलाई एउटा कार्यालयमा ३ कर्मचारी मात्रै राखेर काम गर्न निर्देशन दिएको छ।