धितोपत्र (सेयर) लगानीकर्ताहरुले ब्रोकर लाइसेन्सको नयाँ आवेदन अबिलम्ब खुल्ला गर्न सरकारसँग माग गरेका छन् । नियामक धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्सको प्रस्ताव स्वीकृत भइसकेर मन्त्रिपरिषद्मा पुगेको तर त्यहाँ त्यतिकै अड्काइएको भन्दै लगानीकर्ताहरु आन्दोलित भएका हुन् । मंगलबार एक ध्यानाकर्षणपत्र जारी गर्दै सेयर लगानीकर्ता एकता समितिले ब्रोकर लाइसेन्सको निर्णय गर्न सरकारलाई दुई दिने अल्टिमेटम दिएका छन् । आगामी बिहीबारसम्म पनि ब्रोकर लाइसेन्स खुला गर्ने विषय क्याबिनेटबाट स्वीकृत नभए ५३ ला