पोखराको हवाई उडानमा तीन घण्टा बढी ढिला

पछिल्लो केहीदिनदेखि पोखराको हवाई उडानमा मौसमी अवरोध सिर्जना हुन थालेको छ। जसले गर्दा बिहानका अधिकांश उडान अवरुद्ध हुने गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु लाग्ने गर्दा उडानमा अवरोध आउने गरेको हवाई कम्पनिका पदाध...

सम्बन्धित सामग्री

पोखराको हवाई उडानमा तीन घण्टा बढी ढिला

पछिल्लो केहीदिनदेखि पोखराको हवाई उडानमा मौसमी अवरोध सिर्जना हुन थालेको छ। जसले गर्दा बिहानका अधिकांश उडान अवरुद्ध हुने गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु लाग्ने गर्दा उडानमा अवरोध आउने गरेको हवाई कम्पनिका पदाध...

हवाई यातायात थप सुरक्षित बनाउन नयाँ प्रावधान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यातायातलाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको छ । प्राधिकरणले विभिन्न ६ ओटा निर्णय गर्दै विमानस्थलहरूमा अवतरण उचाइ कायम गर्ने र पाइलटले १ दिनमा जहाज उडाउन पाउने अवधि घटाएको छ । यही माघ १ गते निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएसँगै हवाई यातायातको सुरक्षाबारे चासो बढेको छ । प्राधिकरणले उक्त दुर्घटनापछि सुरक्षालाई थप भरपर्दो बनाउन नयाँ निर्णय गरिएको जानकारी दिएको छ । प्राधिकरणले नेपालको उडान सुरक्षालाई नियमित रूपमा अद्यावधिक गर्दै आएको पनि बताएको छ । शुक्रवार निर्णयहरू सार्वजनिक गर्दै प्राधिकरणले सुगम (स्टल) रूटका विमानस्थलमा अवतरणका लागि निश्चित उचाइ अनिवार्य रूपमा कायम गर्नुपर्ने निर्णय गरेको छ । हेलिकोप्टरबाहेक अन्य वायुयानले भीएफआर (भिजुआल फ्लाइट रूट) अन्तर्गत सर्ट टेकअफ एन्ड ल्यान्डिङ (स्टल) विमानस्थलहरूमा जमीनको सतहबाट कम्तीमा ५०० फीटको उचाइ अनिवार्य कायम गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको छ । यस्तै अन्य विमानस्थलमा यस्तो उचाइ हजार फीट अनिवार्य कायम हुनुपर्नेछ । प्राधिकरणका यो नियम लागू गर्दा पाइलटहरूले यो उचाइमा आएपछि र निर्धारित उचाइभन्दा अझ कममा ओर्लिएपछि धावनमार्ग परिवर्तन गर्न पाउने छैनन् । यस्तै प्राधिकरणले स्टल रूटमा उडानका लागि तोकिएको समय पनि घटाएको छ । अहिले स्टल रूटका विमानस्थलहरूमा पाइलटको उडान समयसीमा प्रतिदिन अधिकतम ८ घण्टाको छ । नयाँ नियममा यो अवधि घटाएर प्रतिदिन ७ घण्टा कायम गरिएको छ । यस्तै स्टल रूटबाहेकका अन्य विमानस्थलको उडानमा रहेको समयसीमामा पनि संशोधन गरिएको छ । स्टल रूटबाहेकका विमानस्थलमा उडान अधिकतम प्रतिदिन ९ घण्टा थियो । यसलाई घटाएर अहिले प्रतिदिन ८ घण्टा बनाइएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्रतिदिन १० ओटा कायम रहेको उडान/अवतरण संख्यालाई ८ ओटामा झारिएको छ । अब त्यस्ता विमानस्थलमा उडान/अवतरण गराउने पाइलटले उडान गर्ने संख्या घटेको छ । यसैगरी प्राधिकरणले आगामी समर सेड्युल २०२३ बाट लागू हुने गरी यान्त्रिक उडान हुने कन्ट्रोल एरोड्रममा उडान गर्ने जहाजबाहेकका अन्य वायुयानलाई (इन्स्ट्रुमेन्ट फ्लाइट रूट) आईएफआर मात्रै गर्न पाइने निर्णय गरेको छ । यस्तै वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक/परीक्षक पाइलटले सम्बद्ध वायुयान निर्माता कम्पनीबाटै वा उक्त कम्पनीले सिफारिश गरेको संस्था वा परीक्षकबाट प्रोफिसिएन्सी चेक स्किल टेस्ट गर्नुपर्ने निर्णय पनि प्राधिकरणले गरेको छ । प्राधिकरणले हालसम्म यस्तो प्रावधान अनिवार्य गरेको थिएन । नयाँ नियमअनुसार अब पाइलटले अनिवार्य रूपमा जहाज निर्माता कम्पनी वा उसले सिफारिश गरेको संस्थाबाट यस्तो शीप परीक्षण गर्नुपर्ने हुन्छ । यस्तै वायुयान चालक दलका सदस्यको थकानबाट हुने जोखिम न्यूनीकरण गर्न पनि प्राधिकरणले नयाँ निर्णय गरेको छ । उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा समय बढाउन पाउने प्रावधान अर्काे व्यवस्था नहुँदासम्म स्थगित गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

दैनिक १८ घण्टा उडान भर्न निजी कम्पनी तयार, बाध्यकारी भने नहुने

अन्ततः निजी हवाई कम्पनीहरु दैनिक १८ घण्टासम्म उडान भर्न तयार भएका छन् । यसअघि नेपाल नागरिक उड्ययन प्राधिकरणले रात्रीकालिन उडान सेवा समेत सञ्चालन गर्ने गरि आन्तरिक उडानमा दैनिक १८ घण्टाको उडान सेड्युल पठाएपछि आक्रोशित भएका हवाई कम्पनीहरु सम्पूर्ण हवाई सेवा बन्द गरि ‘सट डाउन’मा जाने चेतावनी दिएका थिए । यसपछि बसेको प्राधिकरण र हवाई कम्पनी तथा निजी हवाई कम्पनी सञ्चालकहरुको छाता संगठन ‘नेपाल वायुसेवा सञ्चालक संघ’ को बैठकले समस्या समाधानका लागि ९ सदस्यीय उप–समिति बना

अवतरण भयो भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको वाइड बडी

वैशाख १६, काठमाडौ । संघीय राजधानी काठमाडौंको २२ डिग्री तापक्रम । बिहीवार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड ।  समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए । आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै संख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारी, पर्यटन क्षेत्रका अगुवा संगठनका प्रतिनिधि एवं व्यवसायी तथा सञ्चारकर्मीको भीडले विमानस्थलमा नयाँ रौनक छाएको थियो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीलगायत विशिष्ठ व्यक्ति एवम् चालक दलका सदस्य २६० यात्रु सवार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सको) वाइड बडी जहाजमा थिए । काठमाडौं विमानस्थलबाट साँझ ५:१२ बजे मुलुकको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा वाइड बडी जहाजले उडान भरेर ५:५५ बजे अवतरण भएको थियो । काठमाडौंबाट भैरहवा २७ मिनेटको उडान भएपनि ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’  भएकाले जहाजले धावनमार्ग नजिकबाट ओभरसुट गरेर राउण्ड लाएपछि अवतरण गरेको थियो ।  भैरहवाको ३८ डिग्री तापक्रमको प्रबाह नगरी काठमाडौंबाट ओलिएएको भीडले विमानस्थलमा थप उल्लासमय बनायो । स्थानीयको उपस्थिति, संघ संस्थाका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी आदिको बाक्लो उपस्थिति थियो । वाइड बडी जहाजले प्रसिद्ध लुम्बिनी क्षेत्रलाई राउण्ड मारेर अवतरण गर्दा जहाजभित्र गडडडाहत ताली बजे ।  जहाज अवतरण भएपछि पानीका फोहोरालाई स्वागत गरियो । विमानस्थल वरिपरि र भित्र जहाज हेर्ने र फोटो, भिडियो, सेल्फी खिच्नेको भीड देखियो । सामान्य अवस्थामा ४० हजारभन्दा माथि फिटमा उडान भर्ने वाइड बडी जहाजलाई १७ हजार फिटबाट उडान भर्नु पनि चानचुने विषय थिएन । वाइड बडी जहाजको चालकदलका सदस्यको नेतृत्व गर्नुभएका वरिष्ठ क्याप्टेन श्रवण रिजाललाई दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज अवतरण गराउन पाउँदा आनन्द अनुभूति भएको बताए ।  यसले गर्दा नेपालको लुम्बिनीलाई संसारभर चिनाउछ नै यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ थियो । ‘यसले इन्धन वचतमा समेत सहयोग पुग्ने । हरेक उडानमा ३५० किलो हवाई इन्धन पनि बचत हुने भएकाले यो राज्यको बचत पनि गराउछ ।’ ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाईट’  सफलतापूर्वक सम्पन्न भएको छ । ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई रुट, प्रोसिउडर डिजाइनिङ कुनैमा समस्या छैन’, क्याप्टेन रिजालले भने । विमानस्थलको धावनमार्ग काठमाडौंबाट आउने २–८ र पश्चिमतर्फ लुम्बिनीबाट आउने १–० रुटको दुवैतर्फबाट वाइड बडीले अवतरणको प्रयास गरेको थियो । दुवैतर्फबाट जहाज सहजरुपमै अवतरण गर्नसकिने क्याप्टेन रिजालको भनाइ छ ।  काठमाडौंबाट आएको वाइड बडी जहाज २–८ बाट अवतरण भएको थियो । अहिलेको लागि १–० रुट नै सहज हुने क्याप्टेन रिजालले बताउनुभयो । अब अन्तर्राष्ट्रिय उडानका जहाज नेपालको हवाई प्रवेशबिन्दु सिमराबाट नेपाल प्रवेश गरी नारायणघाट हुँदै गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछन् । वाइड बडी जहाजको भैरहवा अवतरण सामान्य थिएन । नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो जहाजले उडान गरेको क्षण नयाँ परिघटना नै थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि  अर्को नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘नेपालको भूमिमध्ये काठमाडौं बाहेक अन्य भूमिमा पहिलो पटक वाइड बडी जहाज अवतरण गर्दैछ । नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षे इतिहासमा यो कोसेढुंगा भएको छ । अहिलेसम्म ठूला जहाज काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए ।’ विमानस्थलमा करीब दुई घण्टाको औपचारिक कार्यक्रमपछि काठमाडौंबाट गएको मन्त्रीसहितको टोली वाइड बडी जहाजमार्फत राति १०ः३० बजे काठमाडौं फर्किएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध गौतमबुद्ध विमानस्थल वैशाख १५ देखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ । महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताए । अन्तरराष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आइसकेको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको यो विमानस्थलमा आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुनेछ । जजीरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ । अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जानकारी दिएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरबका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महीनासम्म निर्माण सक्ने योजना रहे पनि कोभीड महामारीका कारण करीब ५ वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करीब रू. ११ अर्ब खर्च भएको प्राधिकिरणले जानकारी दिएको छ । हालसम्म विमानस्थलको मुआब्जासहित रू. ३१ अर्ब अर्च भएको प्राधिकरणले जानकारी दिएको छ ।  अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । रासस

वैदेशिक रोजगारीबाट नेपाल फर्कँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी नियम

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीबाट स्वदेश फर्कँदै हुनुहुन्छ ? यदि फर्कँदै हुनुहुन्छ भने कोरोना महामारीको यो समयमा सरकारले लागू गरेका नियमबारे थाहा पाउनुहोस् । गएको पुस ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले विदेशबाट स्वदेश फर्कने कोरोना विरुद्धको पुरा मात्रा खोप लगाएका र नलगाएका यात्रुहरूका लागि विभिन्न मापदण्ड तोकेको छ ।  वैदेशिक रोजगारीबाट फर्कँदा कोरोना विरुद्धको खोपको दुवै मात्रा पुरा गरेको १४ दिन पूरा गरेका नेपाली नागरिक र गैर आवासीय नेपालीहरू नेपाल आउँदा हवाई उडानमा चेक इन हुनुभन्दा ७२ घण्टा ...

उडान सेवा चौबीसै घण्टा

नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलमा चौबीसै घण्टा उडान र अवतरण सेवा उपलब्ध गराउने योजना बनाएको छ । पर्यटन वर्ष २०११ लाई दृष्टिगत गरी सो योजना बनाइएको प्राधिकरणका उपनिर्देशक धर्मेन्द्र पाण्डेले बताए । ‘अन्तर्राष्ट्रिय हवाई कम्पनीहरु नेपालमा रातिको समयका  ल्यान्डिङ गर्न मानिरहका छैनन्,’ उनले भने, ‘रातको समयका ल्यान्डिङ गर्ने कम्पनीसँग कम शुल्क लिएर भए पनि समयावधि बढाउन लागेका छौं ।’ प्राधिकरणले अहिले औसतमा १८ घण्टामात्रै सेवा दिइरहेको छ । रातको समयमा ल्यान्डिङको सुविधा दिएपछि नयाँ हवाई कम्पनीले उडान थप्न सक्ने उनको भनाइ छ । पाण्डे भन्छन्, ‘पूर्वाधार विकास गर्ने काम प्रािधकरणको हो । तर त्यसबाट शुल्क उठाउन सके विमानस्थलका लागि थप लगानी गर्न सकिने भएकाले हवाई कम्पनीको समेत हसयोग हुनुपर्छ ।’ प्राधिकरण वायुसेवा विभागका निर्देशक अमरबहादुर शाक्य विमान स्थलमा पार्किङ क्षमता कम भएकाले उडानमा समस्या हुने गरेका बताउँछन् । अहिले एक पटकमा नौवटा जेट विमान पार्किङ गर्ने एप्रोन छन् । प्राधिकरणले त्यसलाई बढाएर २० वटा पुर्‍याउने योजना अगाडि सारेको छ ।   बाह्रौं वर्षमा एनआइसी बैंक बाह्रौं वर्षमा प्रवेश गरेको छ । बैंकले विराटनगरबाट सन् १९९८ देखि कारोबार सुरु गरेको थियो । बैंकमा हाल ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयर लगानीकर्ताको स्वामित्व छ । बैंकले २६ वटा शाखा तथा २५ एटीएममार्फत बैंकिङ सेवा दिएको छ । वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६

१० घण्टाको पोखरा–सिमरा यात्रा अब आधा घण्टामा सरर......

भदौ १५, पोखरा । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन । पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा—सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो ।            भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समयसमयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।            भारतीय पर्यटकलाई अधिकतम भित्र्यउनाका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा—सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।       वीरगञ्ज देशको प्रमुख व्यापारिक नाका हुनाका साथै नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जसमेतका कारण यी क्षेत्रसँग पर्यटकीय नगरी पोखरासँगको पर्यटकीय साइनोलाई समेत सिधा उडानले महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।            बुद्ध एयरले पोखरा—सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक हप्ता आइतवार, बुधवार र शुक्रवार उडान तालिका राखिएको छ । उडान हुने दिन दिनको १२ः२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १ः१५ बजे सिमराबाट यात्रुहरू पोखरा ल्याउनेछ ।            उडानले पोखरा आउन चाहने भारतीय पर्यटकका साथै पोखराबाट वीरगञ्ज र रक्सौल नाका हुँदै भारतका विभिन्न सहर जान चाहने व्यक्ति तथा पर्यटक सबैलाई लाभ पुग्ने विश्वास लिइएको उनले बताए ।            कास्की जिल्लासहित स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दीलगायत स्थानबाट बीरगञ्ज लगायतका स्थानमा मानिस बसाइ जाने गरेका कारण पनि ती व्यक्तिसमेत लाभान्वित हुने भएका छन् । बुधवारदेखि उडान थाल्ने बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने तयारी गरेको छ । यस रुटमा आवतजावत गर्न चाहनेका लागि बुद्ध एयरले तीन किसिमको भाडादर तोकेको छ । यसमा सबैभन्दा महँगो टिकटको भाडादर ७ हजार १७०रुपैयाँ रहेको छ ।            त्यस्तै मध्यमस्तरको टिकटको भाडादर ५ हजार २७० रुपैयाँ छ भने सस्तो ४ हजार ७७० रुपैयाँ  भाडादर रहेको स्टेशन म्यानेजर बरालले जानकारी दिए।            यसैबीच आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रमअन्तर्गत बुधवारदेखि हुने पोखरा–सिमरा पहिलो उडानमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी हुने भएको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए।            पहिलो उडानमार्फत सिमरा पुगेपछि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा त्यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा जनप्रतिनिधिसँग आन्तरिक पर्यटन पुनरुत्थान लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिने कार्यक्रम तय भएको उनले बताए । रासस

स्लोभाकियामा उड्ने कारको सफल उडान परीक्षण

बीबीसी। हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थानबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ। आवश्यकताअनुसार विमान वा कारको रुप धारण गर्नसक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ। यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार एकहजार किलोमिटरसम्म आठ हजार दुईसय फिटको उचाइमा उड्न सक्छ। यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ।

पाकिस्तानले लगायो नेपाललगायत २६ देशसँगको हवाई उडानमा प्रतिबन्ध

काठमाडौं। पाकिस्तानले नेपाललगायत २६ देशसँगको हवाई यात्रामा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले यी सबै देशलाई ‘सी’ क्याटागोरीमा राख्दै अर्को सूचना जारी नहुन्जेलसम्मको लागि प्रतिबन्ध लगाएको हो। पाकिस्तानले ‘ए’ क्याटागोरीमा राखेका देशका यात्रुलाई यात्रामा छुट दिएको छ भने ‘बी’ क्याटागोरीमा रहेका देशका यात्रुले पाकिस्तान आउँदा ७२ घण्टा पहिला परीक्षण गरेको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ।