पाकिस्तानले लगायो नेपाललगायत २६ देशसँगको हवाई उडानमा प्रतिबन्ध

काठमाडौं। पाकिस्तानले नेपाललगायत २६ देशसँगको हवाई यात्रामा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले यी सबै देशलाई ‘सी’ क्याटागोरीमा राख्दै अर्को सूचना जारी नहुन्जेलसम्मको लागि प्रतिबन्ध लगाएको हो। पाकिस्तानले ‘ए’ क्याटागोरीमा राखेका देशका यात्रुलाई यात्रामा छुट दिएको छ भने ‘बी’ क्याटागोरीमा रहेका देशका यात्रुले पाकिस्तान आउँदा ७२ घण्टा पहिला परीक्षण गरेको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ।

सम्बन्धित सामग्री

पाइलटको उमेरहद ६० वर्ष

हवाई दुर्घटना न्यूनीकरणको लागि नागरिक उड्यन प्राधिकरणले दुर्गममा उडान भर्ने पाइलटको उमेरहद घटाएको छ । आगामी २०२४ जनवरी १ देखि कार्यान्वयन गर्ने गरी प्राधिकरणले स्टल उडानमा ६० वर्ष उमेरमाथिका क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको हो । हाल दुर्घटनामा उडान भर्ने पाइलटको उमेरहद ६५ वर्ष तोकिएको छ । प्राधिरणका अनुसार तारा एयरको पोखरा–जोमसोम उडानको क्रममा जहाज दुर्घटना […]

प्याराग्लाइडिङः ‘सोलो’ उडानलाई ठाउँ नै भेटिएन

झन्डै तीनमहिनादेखि बन्द रहेको प्याराग्लाइडिङको एकल (सोलो) उडान अझै सुचारु हुन सकेको छैन। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको सोलो उडानमा प्रतिबन्ध लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर ...

काठमाडौंबाट चार्टर्ड उडान बन्द, भैरहवाले पायाे ‘बिजनेस’

भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै सरकारले त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ । योसँगै त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ ।

खेलाडीको मृत्यु भएपछि देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

काठमाडौं :  नागरिक उड्यन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ। पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएसँगै प्राधिकरणले रोक्न निर्देशन दिएको हो। आइतवारदेखि अर्काे सुचना जारी नभएसम्मका लागि सञ्चालनमा रोक लगाएको  नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। प्राधिकरणले उडान सुरक्षाका विषयमा सुक्ष्म रुपमा अध्ययन गर्ने प्राधिकरणले जनाएको छ।  हवाई क्षेत्रसँग सम्बन्

युक्रेनमा नागरिक उडानमा प्रतिबन्ध, राजधानी किभमै बिस्फोटका आवाज

युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ । ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम) ले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन् । तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ । यसैबीच, युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ ।

नेपालबाट हङकङ हुने हवाई उडानमा अल्पकालीन प्रतिबन्ध

काठमाडौँ– हङकङले नेपालबाट हुने हवाई उडानमा अल्पकालीन प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो । समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् ।

कुवेतद्वारा नेपालबाट हुने उडानमा प्रतिबन्ध, थाइल्याण्डद्वारा पनि रोक

नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै कुवेतले नेपालबाट हुने यात्रुवाहक हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ । कुवेतको उड्डयन प्राधिकरण (ओडीजीसीए) ले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो । कुवेतले कार्गो उडानहरुलाई भने सञ्चालनको अनुमति दिने कुवेतको राष्ट्रिय सञ्चारमाध्यम कुनालाई उद्धृत गर्दै समाचारमा उल्ल्ेख गरिएको छ ।चार देशका नागरिकले कुवेतमा प्रवेश गर्न चाहे तेस्रो मुलुकमा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । कुनका अन

६१ वर्षे इतिहासमा पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । कोरोना

युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध

२९ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाउनु भएको छ ।