उडान सेवा चौबीसै घण्टा

नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलमा चौबीसै घण्टा उडान र अवतरण सेवा उपलब्ध गराउने योजना बनाएको छ । पर्यटन वर्ष २०११ लाई दृष्टिगत गरी सो योजना बनाइएको प्राधिकरणका उपनिर्देशक धर्मेन्द्र पाण्डेले बताए । ‘अन्तर्राष्ट्रिय हवाई कम्पनीहरु नेपालमा रातिको समयका  ल्यान्डिङ गर्न मानिरहका छैनन्,’ उनले भने, ‘रातको समयका ल्यान्डिङ गर्ने कम्पनीसँग कम शुल्क लिएर भए पनि समयावधि बढाउन लागेका छौं ।’ प्राधिकरणले अहिले औसतमा १८ घण्टामात्रै सेवा दिइरहेको छ । रातको समयमा ल्यान्डिङको सुविधा दिएपछि नयाँ हवाई कम्पनीले उडान थप्न सक्ने उनको भनाइ छ । पाण्डे भन्छन्, ‘पूर्वाधार विकास गर्ने काम प्रािधकरणको हो । तर त्यसबाट शुल्क उठाउन सके विमानस्थलका लागि थप लगानी गर्न सकिने भएकाले हवाई कम्पनीको समेत हसयोग हुनुपर्छ ।’ प्राधिकरण वायुसेवा विभागका निर्देशक अमरबहादुर शाक्य विमान स्थलमा पार्किङ क्षमता कम भएकाले उडानमा समस्या हुने गरेका बताउँछन् । अहिले एक पटकमा नौवटा जेट विमान पार्किङ गर्ने एप्रोन छन् । प्राधिकरणले त्यसलाई बढाएर २० वटा पुर्‍याउने योजना अगाडि सारेको छ ।   बाह्रौं वर्षमा एनआइसी बैंक बाह्रौं वर्षमा प्रवेश गरेको छ । बैंकले विराटनगरबाट सन् १९९८ देखि कारोबार सुरु गरेको थियो । बैंकमा हाल ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयर लगानीकर्ताको स्वामित्व छ । बैंकले २६ वटा शाखा तथा २५ एटीएममार्फत बैंकिङ सेवा दिएको छ । वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६

सम्बन्धित सामग्री

बिहीबार छ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार ६ घण्टा उडान अवतरण सेवा बन्द हुने भएको छ ।

निगमको जापान उडान ११ घण्टा ढिला

नेपाल वायु सेवा निगमका उडानहरू बुधबार जापानको कम्तीमा ११ र नयाँदिल्लीको झन्डै ४ घण्टा ढिला भएका छन् । अर्को जगेडा जहाज नहुँदा निगमको मंगलबार राति जापानको नारिता जानुपर्ने उडान ११ घण्टा ढिला उडेको थियो भने दिल्ली जाने वाइडबडीका लागि एउटा पांग्रा व्यवस्थापन ढिला हुँदा बुधबार डेढ बजे हुनुपर्ने उडान साँझ ५ बजे मात्रै भएको थियो ।

दैनिक १८ घण्टा उडान भर्न निजी कम्पनी तयार, बाध्यकारी भने नहुने

अन्ततः निजी हवाई कम्पनीहरु दैनिक १८ घण्टासम्म उडान भर्न तयार भएका छन् । यसअघि नेपाल नागरिक उड्ययन प्राधिकरणले रात्रीकालिन उडान सेवा समेत सञ्चालन गर्ने गरि आन्तरिक उडानमा दैनिक १८ घण्टाको उडान सेड्युल पठाएपछि आक्रोशित भएका हवाई कम्पनीहरु सम्पूर्ण हवाई सेवा बन्द गरि ‘सट डाउन’मा जाने चेतावनी दिएका थिए । यसपछि बसेको प्राधिकरण र हवाई कम्पनी तथा निजी हवाई कम्पनी सञ्चालकहरुको छाता संगठन ‘नेपाल वायुसेवा सञ्चालक संघ’ को बैठकले समस्या समाधानका लागि ९ सदस्यीय उप–समिति बना

क्यान र वायु सेवा सञ्चालक संघको निर्णायक वार्ता सुरु

काठमाडौं, १६ बैशाख । केही समयदेखि आन्दोलनमा रहेको वायु सेवा सञ्चालक संघ र नागरिक उड्ययन प्राधिकरण (क्यान)को वार्ता सुरु भएको छ । आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता नभए हवाई सेवा बन्द गरेर सर्टडाउनमा जाने चेतावनी दिएको छ । प्राधिकरणले दैनिक १८ घण्टा आन्तरिक उडान गर्ने सेड्युलसहितको […]

आन्तरिक उडान बन्द गर्ने वायुसेवा संचालक संघको चेतावनी

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ (एओन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो । क्यानले हिजो वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको थियो । उक्त स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्

‘भिजिबिलिटी’ कमजोर हुँदा उडान प्रभावित, प्रतिघण्टा १२ ओटा मात्रै उडान

चैत १०, काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलको पूर्वनिर्धारित उडान झण्डै ४५ मिनेट ‘डिले’ भइरहेको सो विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार अहिले विमानस्थलको करीब ३ हजारमात्रै भिजिबिलिटी छ । यसका कारण अहिले ‘भिएफआर’ उडान हुनसकेको छैन । विमानस्थलमा ‘आईएफआर’ उडानमात्रै भइरहेकाले अहिले हरेक घण्टा १२ ओटा मात्रै उडान भइरहेको छ । सामान्य अवस्थामा प्रतिघण्टा ३० ओटा उडान हुने गरेको थियो ।            हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । काठमाडौं उपत्यकाको आकाशमा क्षणिक बदली रहेको छ । अहिले देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।            यसअघि बिहान अन्तरराष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि करिब एक घण्टा उडान प्रभावित भएको थियो । विमानस्थलको उडान अवतरण प्रभावित भएपछि नोटाम जारी गरिएको थियो । विमानस्थलका महाप्रबन्धक ठाकुरका अनुसार राडारमा सामान्य समस्या आएकाले करीब एक घण्टा उडान प्रभावित भए पनि विमानस्थलका प्राविधिकले तत्कालै मर्मतपछि अहिले उडान सामान्य अवस्थामा रहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ ओटा र अन्तरराष्ट्रियमा अहिले दुई नेपालीसहित २० ओटा वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् । रासस

दुई महीनापछि पोखरा–जोमसोम उडान

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महीनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना भाइरस संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख पुष्कलराज शर्माले दुई महीनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । ‘समिट एयरले शनिवार र आइतवार दुई/दुईओटा चार्टर्ड फ्लाइट गरेको छ,’ उनले भने, ‘तारा एयरले पनि उडानको तयारी गरेको छ ।’ पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँचओटा उडान भर्दै आएका छन् । हवाई उडान चालू भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिखदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले बताएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगेर फर्कन टिकट बुकिङ हुन थालेको छ । स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ । अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । रासस

निषेधाज्ञामै खुल्न लागेको अन्तरिक विमान सेवा : एक घन्टामा ५ वटामात्र उडान!

काठमाडौं : सरकारले आउँदो बिहीबारदेखि आन्तरिक तर्फको नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ट्रंक रुटतर्फका गन्तव्यमा प्रति घण्टा पाँच वटा उडान गर्ने तयारी गरेको छ।  कोरोना संक्रमणको जोखिम घटाउन विमानस्थलको आन्तरिक टर्मिनलमा व्यवस्थापन पहिलेदेखि नै निकै चुनौतीपूर्ण छ। जहाजको उडान समय ढिला हुँदा यात्रुको भीड हुन्छ। उडान खुला गरिएको पहिलो…