इङ्गलदारको पुल बनेपछि कैलाश जाने तीर्थ यात्री तथा चीनको ताक्लाकोट जानेलाई सहज

भौगोलिक हिसाबले बझाङको आधा भन्दा बढी क्षेत्र ओगटेको र जिल्लाको सबै भन्दा दुर्गम साइपाल गाउँपालिकाको इङ्गलदारको पुल निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले पटक पटक दबाब दिएपछि पुल निर्माणको काम सम्पन्न भएको हो । पुल निर्माण कम्पनीले हेलिकप्टरमार्फत् निर्माण सामग्री ढुवानी गरेर सेती नदीमा झोलुङ्गे पुल निर्माणकाे काम सम्पन्न गरेको हो । झोलुङ्गेपुल निर्माणको लागि आवश्यक पर्ने लट्ठा, फलामे सामान, सिमेन्ट लगायत सम्पूर्ण सामानहरु  हेलिकप्टरमार्फत ढुवानी गरेको निर्माण कम्पनीले जनाएको छ । इङ्गलद...