बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको जानकारी दिइन् । उनका अनुसार निर्विरोध निर

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा : प्रत्यक्षमा ७.५ प्रतिशत मात्रै महिला निर्वाचित

हेटौंडा : मंसिर ४ गते भएको निर्वाचनमार्फत बागमती प्रदेशमा ७.५ प्रतिशत मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ पाँच मात्रै महिला निर्वाचित भएका हुन्।६६ निर्वाचन क्षेत्र रहेकोमा हालसम्म दोलखाको दुईबाहेक अन्य ६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ। बागमती प्रदेशमा दोलखाको १० वटा विवादित केन्द्रमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन। ती दुवै प्रदेश सभाको क्षेत्रमा महिला उम्मेदवार छैनन्।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ जना मात्र महिला निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ठूला दलको तर्फबाट उम्मेदवारी दिएका अधिकांश महिलाले हार बेहोर्नु परेको छ । यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट सासंद बनेकाहरु समेत यसपटक पराजित भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा हालसम्म ९ जना मात्र महिला निर्वाचित भएका छन् । मत गणना भईरहेको सुनसरी ३ मा […]

प्रतिनिधिसभामा पाँच महिला निर्वाचित

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट पाँच महिला उम्मेदवार निर्वाचित भइसकेका छन्।

स्थानीय तह चुनावमा ४० प्रतिशत महिला निर्वाचित

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत महिला निर्वाचित भएका छन् । मंगलबार आयोगले सार्वजनिक गरेको विवरण अनुसार कूल उम्मेदवार १ लाख ४५ हजार १३ जनाबाट ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचनमा ६५ दलले भाग लिएका थिए । सो चुनावमा १ सय २३ प्रकारका मतपत्र छापिएको थियो ।

१४ हजार ४ सय महिला निर्वाचित

काठमाडौं ।  गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकामा सो संख्यामा महिला निर्वाचित भएका हुन् । तीनवटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । तीमध्ये झापाको गौरीगन्ज गाउँपालिका […]

स्थानीय तहमा १४ हजार ४०२ जना महिला निर्वाचित तर प्रमुख पदमा अवस्था उस्तै

–प्रकाश सिलवाल/ स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद […]

स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

काठमाडौँ- स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् […]

ताप्लेजुङकाे वडाध्यक्षमा महिला शून्य

ताप्लेजुङमा यसपटक कोहि पनि वडाध्यक्ष महिला निर्वाचित हुन सकेनन्। वडाध्यक्षका लािग तीन दलबाट चार जना महिला प्रतिस्पर्धी भएकोमा कोही पनि निर्वाचित हुन सकेनन्।...

रौतहटको दुई पालिकाको प्रमुखमा महिला निर्वाचित

रौतहट । रौतहटको दुई पालिकाको प्रमुखमा फरक पार्टीबाट दुई जना महिला निर्वाचित भएका छन् । रौतहटको दक्षिण भेगमा रहेको ईशनाथ र मौलापुर नगरपालिकाको नगरप्रमुखमा महिला निर्वाचित भएका हुन् । पछिल्लो मतगणनाको परिणाम अनुसार ईशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजबादी पार्टीका उम्मेदबार ६६ बर्षीया कौशिल्या देबी ६ हजार २ सय ८२ मत प्राप्त गरी विजयी भएकी छिन् । […]

बागलुङका दश पालिकामध्ये प्रमुख र उपप्रमुखमा जम्मा दुई महिला निर्वाचित

१० स्थानीय तहका प्रमुख र उपप्रमुखमा जम्मा दुईजना महिला निर्वाचित भएका छन् । एउटै पार्टीबाट उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनका कारण...