मतदातालाई सूचनामा सम्पन्न बनाउँदै आयोग, तय गर्दै छ यस्ता कार्यक्रम !

काठमाडौं । निर्वाचन आयोगले आफ्नो वेभसाइट https://election.gov.np/ मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ आफ्नो मात्र होइन अरूको मतदाता नामावली पनि सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदान स्थलअन्तर्गत खोजी गर्दा भेट्न सक्नुहुनेछ । फोटो र सम्पर्क नम्बरसहितको मतदाता नामावली भने आयोगले सिलबन्दी […]

सम्बन्धित सामग्री

एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड

काठमाडौं, भदौ १० । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले आज र भोलि बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा […]

निर्वाचनको मिति तय भएकोमा एमाले खुसी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “निर्वाचनको मिति तय भएको छ, हामी खुुसी छौँ । तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुुनपर्छ ।” हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै …

निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौं: उपाध्यक्ष नेम्वाङ

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,'निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ। तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ।'...

चुनावको मिति तय भएको छ, एमाले खुसी छ : उपाध्यक्ष नेम्वाङ

रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘चुनावको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ ।’  हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । लोकप्रिय मतका आधारमा ...

“निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ” : उपाध्यक्ष नेम्वाङ

रुपन्देही- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनपर्छ ।” हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था […]

यस्ता छन् एमालेले तय गरेका स्थानीय तह निर्वाचन उम्मेदवारसम्बन्धी मापदण्ड

काठमाडौं, ७ चैत : नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि बन्ने उम्मेद्वारको मापदण्ड तय गरेको छ । साेमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट बन्ने उम्मेदवारको मापदण्ड तय गरेको हो । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले आजकाे बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको बताए । ‘आजको बैठकमा उम्मेदवार […]

यस्ता छन् एमालेले तय गरेका स्थानीय तह निर्वाचन उम्मेदवारसम्बन्धी मापदण्ड

काठमाडौं । एमालेले स्थानीय तह निर्वाचनका लागि बन्ने उम्मेद्वारको मापदण्ड तय गरेको छ । साेमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट बन्ने उम्मेदवारको मापदण्ड तय गरेको हो । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले आजकाे बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको बताए । ‘आजको बैठकमा उम्मेदवार छान्दा अपनाइने मापदण्डका […] The post यस्ता छन् एमालेले तय गरेका स्थानीय तह निर्वाचन उम्मेदवारसम्बन्धी मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्ता छन्, राजमो तिलोत्तमाले तय गरेको संगठन र संघर्षका कार्यक्रम

बुटवल । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रूपन्देही अन्तर्गत तिलोत्तमा नगर समितिले संगठन निर्माणसँगै संघर्षका कार्यक्रम तय गरेको छ । सोमबार बसेको बिस्तारित बैठकले विभिन्न कार्यक्रम निश्चित गरेको राजमो रुपन्देहीले जनाएको छ । कार्यक्रममा राजमो नेता शुरेश आचार्य, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य र नेकपा (मसाल) जिल्ला प्रवक्ता नारायण जिसीले प्रशिक्षण दिनुभएको थियोे । कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष ईन्दीरा ज्ञवाली, प्रगतिशील पत्रकार संघका जिल्ला सचिव डिआर बन्जाडे, जनजाति सम्मेलनका जिल्ला सदस्य नगेन्द्र श्रीनेट, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य लालचन्द पन्थ र नगर सल्लाहकार शिवराम घिमिरेको पनि आतिथ्यता रहेको थियो । विस्तारित बैठकले वार्डहरूमा प्रशिक्षणात्मक भेला, समिति र विरोधको कार्यक्रम निश्चित गरेकोछ । बैठकले माघ १३ देखि माघ३० गतेसम्म अभियानको लागि निम्न अनुसार ४वटा अभियान टोली निर्माण गरेको छ। वार्ड १,५ र ६ को माघ १९ गते वार्ड प्रशिक्षण भेला जस्को तैयारीको जिम्मा टोली संयोजक रूक बहादुर पराजुली, यज्ञ प्रसाद, खिमानन्द भण्डारी, लालचन्द पंथ, शान्ता पौडेल, बिष्णु पराजुली, रनमाया परियार, जितेन्द्र राना र नरबहादुर थापालाई दिइएको छ । यस्तै, वार्ड २ माघ २४ गते हर्क बहादुर टण्डन, टेक आचार्य, रेशम घिमिरे, गणेश पौडेल, महेश जिसी र दयानिधि पौडेललाई जिम्मेवारी दिइएको छ भने वार्ड ३ र ४मा माघ १७ गते यम परियार, नरेन्द्र श्रीनेट, तुल्सी प्रसाद उपाध्याय, ईन्दीरा ज्ञवाली, मुकुन्द पौडेल, प्रेम ाचार्य र मानबहादुर केसीलाई जिम्मेवारी दिइएको छ । यस्तै, वार्ड ८,९,११ र १२ को प्रशिक्षण भेला माघ २४ गते, जसमा हुमाकान्त न्यौपाने, शिवराम घिमिरे, जयलाल गौतम, कविराज गिरी, कमला पौडेल र डुलमाया क्षेत्री, बिष्णु घिमिरे र रेसबहादुरलाई जिम्मा दिइएको छ । नगर सचिव हुमाकान्त न्यौपानेको संचालन र अध्यक्ष रूकबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नगर उपाध्यक्ष हर्कबहादुर टण्डनले गर्नुभएको थियोे भने आगामी कार्यक्रम शिवराम घिमिरेले प्रस्तुत गर्नुभएको थियोे । फाल्गुन १ गते ट्राफिक चोक बाट सुरु गरि भैरहवा पुगेर बिरोध सभामा परिणत हुने रूपन्देही जिल्ला स्तरिय मोटर साईकल रैलीमा व्यापक रूपमा सहभागी हुने निर्णय ...

यस्ता छन्, राजमो कञ्चनपुरले तय गरेको संघर्षका कार्यक्रम

पुष्कर भट्ट, महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले माघ महिनाभर संघर्षका कार्यक्रम निश्चित गरेको छ । सोमबार भएको भेलाले ‘गणतन्त्र, राष्टियता र धर्मनिरपेक्ष रक्षा गरौं, संघीयता खारेज र भ्रष्टाचारको विरोध गरौं । विघटित संसद पुनर्स्थापना गर’ भन्ने नारासहित एकमहिने अभियानको घोषणा गरेको हो । कार्यक्रम अनुसार जिल्लाका सबै १० वटै स्थानीय तहमा सभा, कोणसभा, जनभेटघाट, अन्तरक्रिया, मसाल जुलुश, पर्चा वितरणसहित संगठन निर्माणको योजना बनाइएको छ । अभियानको उद्घाटन माघ ५ गते कृष्णपुर नगरपालिकामा गरिनेछ । यस्तै, ६ र ७ गते कृष्णपुर, ८ गते महाकाली नगरपालिका, ९, १० र ११ गते भीमदत्त नगरपालिका, ११ र १२ गते वेतकोट नगरपालिका, १३ र १४ गते शुक्लाफाँटा नगरपालिका, १५ गते लालझाडी र १६ गते पुनर्वासमा कार्यक्रमहरु हुनेछन् । यसैगरी, १७ देखि २० गतेसम्म बेलौरीमा विविध कार्यक्रम गरी २० गते सभाको आयोजना गरिनेछ । २१ र २२ गते बेल्डाँडीका कार्यक्रम तय गरिएको छ भने २५ गते पुनः महेन्द्रनगरमा विरोध सभाको आयोजना हुनेछ । २७ गते शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा मसाल जुलुससहित कार्यक्रमको समापन गरिने राजमो कञ्चनपुरले जनाएको छ । राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको भेलामा राजमो केन्द्रीय सदस्य मनोज भट्टले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो भने केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले पार्टीले देशव्यापी रुपमा आयोजना गरिरहेको संघर्षका कार्यक्रमको महत्वबारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा राजमो केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, समता समाजका महासचिव गोविन्द विक, रक्तिम सांस्कृतिक अभियानका जिल्ला संयोजक ललित चन्द, राजमो जिल्ला सहसचिव लालबहादुर कुँवर, अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्ट, राजमो नेता पदम साउद ,गोविन्द बोहरा, कमल साहु, बामपन्थी नेता जनक कुँवर, लगातका नेता कार्यकर्ता को सहभागिता रहेको थियो । राजमो जिल्ला सचिव अहिमान थापाले गरेका सञ्चालन गरेको कार्यक्रममा कार्यालय सचिव लालबहादुर कुँवरले स्वागत गर्नुभएको थियो भने रक्तिमका जिल्ला संयोजक ललित चन्दले जनवादी गीतमार्फत स्वागत गर्नुभएको थियो ।