यस्ता छन्, राजमो तिलोत्तमाले तय गरेको संगठन र संघर्षका कार्यक्रम

बुटवल । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रूपन्देही अन्तर्गत तिलोत्तमा नगर समितिले संगठन निर्माणसँगै संघर्षका कार्यक्रम तय गरेको छ । सोमबार बसेको बिस्तारित बैठकले विभिन्न कार्यक्रम निश्चित गरेको राजमो रुपन्देहीले जनाएको छ । कार्यक्रममा राजमो नेता शुरेश आचार्य, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य र नेकपा (मसाल) जिल्ला प्रवक्ता नारायण जिसीले प्रशिक्षण दिनुभएको थियोे । कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष ईन्दीरा ज्ञवाली, प्रगतिशील पत्रकार संघका जिल्ला सचिव डिआर बन्जाडे, जनजाति सम्मेलनका जिल्ला सदस्य नगेन्द्र श्रीनेट, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य लालचन्द पन्थ र नगर सल्लाहकार शिवराम घिमिरेको पनि आतिथ्यता रहेको थियो । विस्तारित बैठकले वार्डहरूमा प्रशिक्षणात्मक भेला, समिति र विरोधको कार्यक्रम निश्चित गरेकोछ । बैठकले माघ १३ देखि माघ३० गतेसम्म अभियानको लागि निम्न अनुसार ४वटा अभियान टोली निर्माण गरेको छ। वार्ड १,५ र ६ को माघ १९ गते वार्ड प्रशिक्षण भेला जस्को तैयारीको जिम्मा टोली संयोजक रूक बहादुर पराजुली, यज्ञ प्रसाद, खिमानन्द भण्डारी, लालचन्द पंथ, शान्ता पौडेल, बिष्णु पराजुली, रनमाया परियार, जितेन्द्र राना र नरबहादुर थापालाई दिइएको छ । यस्तै, वार्ड २ माघ २४ गते हर्क बहादुर टण्डन, टेक आचार्य, रेशम घिमिरे, गणेश पौडेल, महेश जिसी र दयानिधि पौडेललाई जिम्मेवारी दिइएको छ भने वार्ड ३ र ४मा माघ १७ गते यम परियार, नरेन्द्र श्रीनेट, तुल्सी प्रसाद उपाध्याय, ईन्दीरा ज्ञवाली, मुकुन्द पौडेल, प्रेम ाचार्य र मानबहादुर केसीलाई जिम्मेवारी दिइएको छ । यस्तै, वार्ड ८,९,११ र १२ को प्रशिक्षण भेला माघ २४ गते, जसमा हुमाकान्त न्यौपाने, शिवराम घिमिरे, जयलाल गौतम, कविराज गिरी, कमला पौडेल र डुलमाया क्षेत्री, बिष्णु घिमिरे र रेसबहादुरलाई जिम्मा दिइएको छ । नगर सचिव हुमाकान्त न्यौपानेको संचालन र अध्यक्ष रूकबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नगर उपाध्यक्ष हर्कबहादुर टण्डनले गर्नुभएको थियोे भने आगामी कार्यक्रम शिवराम घिमिरेले प्रस्तुत गर्नुभएको थियोे । फाल्गुन १ गते ट्राफिक चोक बाट सुरु गरि भैरहवा पुगेर बिरोध सभामा परिणत हुने रूपन्देही जिल्ला स्तरिय मोटर साईकल रैलीमा व्यापक रूपमा सहभागी हुने निर्णय ...