यस्ता छन्, राजमो कञ्चनपुरले तय गरेको संघर्षका कार्यक्रम

पुष्कर भट्ट, महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले माघ महिनाभर संघर्षका कार्यक्रम निश्चित गरेको छ । सोमबार भएको भेलाले ‘गणतन्त्र, राष्टियता र धर्मनिरपेक्ष रक्षा गरौं, संघीयता खारेज र भ्रष्टाचारको विरोध गरौं । विघटित संसद पुनर्स्थापना गर’ भन्ने नारासहित एकमहिने अभियानको घोषणा गरेको हो । कार्यक्रम अनुसार जिल्लाका सबै १० वटै स्थानीय तहमा सभा, कोणसभा, जनभेटघाट, अन्तरक्रिया, मसाल जुलुश, पर्चा वितरणसहित संगठन निर्माणको योजना बनाइएको छ । अभियानको उद्घाटन माघ ५ गते कृष्णपुर नगरपालिकामा गरिनेछ । यस्तै, ६ र ७ गते कृष्णपुर, ८ गते महाकाली नगरपालिका, ९, १० र ११ गते भीमदत्त नगरपालिका, ११ र १२ गते वेतकोट नगरपालिका, १३ र १४ गते शुक्लाफाँटा नगरपालिका, १५ गते लालझाडी र १६ गते पुनर्वासमा कार्यक्रमहरु हुनेछन् । यसैगरी, १७ देखि २० गतेसम्म बेलौरीमा विविध कार्यक्रम गरी २० गते सभाको आयोजना गरिनेछ । २१ र २२ गते बेल्डाँडीका कार्यक्रम तय गरिएको छ भने २५ गते पुनः महेन्द्रनगरमा विरोध सभाको आयोजना हुनेछ । २७ गते शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा मसाल जुलुससहित कार्यक्रमको समापन गरिने राजमो कञ्चनपुरले जनाएको छ । राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको भेलामा राजमो केन्द्रीय सदस्य मनोज भट्टले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो भने केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले पार्टीले देशव्यापी रुपमा आयोजना गरिरहेको संघर्षका कार्यक्रमको महत्वबारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा राजमो केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, समता समाजका महासचिव गोविन्द विक, रक्तिम सांस्कृतिक अभियानका जिल्ला संयोजक ललित चन्द, राजमो जिल्ला सहसचिव लालबहादुर कुँवर, अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्ट, राजमो नेता पदम साउद ,गोविन्द बोहरा, कमल साहु, बामपन्थी नेता जनक कुँवर, लगातका नेता कार्यकर्ता को सहभागिता रहेको थियो । राजमो जिल्ला सचिव अहिमान थापाले गरेका सञ्चालन गरेको कार्यक्रममा कार्यालय सचिव लालबहादुर कुँवरले स्वागत गर्नुभएको थियो भने रक्तिमका जिल्ला संयोजक ललित चन्दले जनवादी गीतमार्फत स्वागत गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

खप्तडमा छायांकन गरिएको गीत ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक

सुदूरपश्चिमको खप्तड क्षेत्रमा छायांकन गरिएको गीत ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक गरिएको छ। शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्वपर्यटन मन्त्री प्रेम आलेले गीतको विमोचन गरेका हुन्। सुगम संगीतका चर्चित...

महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव

महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः

खुसी हुन के गर्ने? यस्ता छन् ९ टिप्स

खुसी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन्। खुसी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः

महिलालाई फिटिक्कै मनपर्दैनन् यस्ता खालका पुरुष, तुरुन्तै गर्नुहोस् सुधार

यो कुरा त सबैलाई थाहा छ कि विपरित चिजले एक–अर्कालाई आकर्षित गर्छ । पुरुष र महिलाका यस्ता थुप्रै चिज छन् जुन एक अर्कालाई मनपर्छन् जबकी यस्ता थुप्रै चिज पनि हुन्छन् जुन फिटिक्कै मन पर्दैनन् । सबैमा केही सकारात्मक पक्ष भएसँगै नकारात्मक पाटा पनि हुन्छन् । यस्तै यदि महिलाको कुरा गर्ने हो भने उनीहरुले पुरुषमा हरेक चिजलाई असाध्यै नजिकबाट नियाल्ने गर्छन् । यस्तोमा महिलालाई पुरुषका केही बानी फिटिक्कै मन पर्दैन । यसको अर्थ यो होइन कि तपाईं कोही महिलालाई खुसी पार्नका लागि आफूले आफैंलाई पूर्ण रु

एकैपटकमा नबुझिने यस्ता तस्वीर, जुन तपाईं हेरेरै छक्क पर्नुहुनेछ

सामाजिक सञ्जालमा दिनदिनै अनेक अर्थ लाग्ने तस्वीरहरू अपलोड भइरहेका हुन्छन् । शुरुमा हेर्दा अचम्म लाग्ने यस्ता तस्वीरको वास्तविकता थाहा पाएपछि मानिसहरू तीनछक पर्छन् ।  पर्फेक्ट टाइमिङ र एंगलका साथ खिचिएका यस्ता तस्वीरले एकचोटि त तपाईंलाई कन्फ्युज गरिदिन्छन् ।  माथिकै फोटो हेर्नुस् । यी महिलाको चारवटा गोडा छन् त ? खासमा यिनी ऐनाअगाडि झुकेकाले चारवटा गोडा देखिएको हो । गोडाबाहेक शरीरका कुनै पनि अंग ऐनामा नदेखिएकाले उनको चारवटा गोडा देखिएको हो । यो पुरुषले बिकिनी लगाएको होला त ? सुगा...

अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी, बच्नलाई अपनाउनुहोस् यस्ता सावधानी

अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु फेरबदल गरिरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले देशनिकालाको सामना समेत गर्नु परेको छ । अमेरिकी सरकारको युएससीआईएसले यस्ता ठगहरुबाट जोगिनका लागि चेतावनी नै जारी गरेको छ । किनभने ठगको पछि लागेर गलत […]

पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपाय

पिसाब पोल्ने समस्याबाट धेरै मानिसहरु पीडित हुन्छन् तर पनि अझै पनि कतिपय मानिसहरु यस्ता समस्या लुकाउँछन् । यसर्थ यही समस्याले कतिपयको ज्यान पनि जान सक्छ

दाँत फाटेका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण

काठमाडौ । केही मानिसहरुका दाँत फाटिएको पक्कै देख्नु भएको छ होला । यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब लाग्न सक्छ, तर फाटिएको दाँतको बीचको अन्तरले तपाईको भाग्यसँग सम्बन्धित धेरै रहस्य खोल्छ। दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो मान्छे भाग्यशाली हुन्छ। दाँतहरु बीचको अन्तरले यो देखाउँछ कि यस्ता व्यक्तिहरु धेरै... The post दाँत फाटेका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण appeared first on Purbeli News.

आफ्नो जीवनसाथीलाई यस्ता कुरा अवश्य शेयर गर्नुहोस्, नत्र जीवन वर्वाद हुनसक्छ !

जीवनका केही कुरा कसैलाई पनि भन्न हुन्न जसले तपाईको जीवनमा असर गर्नेछ । तर यस्ता केही कुरा छन् जसलाई तपाईले भन्नु भएन भने तपाईलाई असर पर्छ । केही यस्ता विषय छन् जसलाई तपाईंले आफ्नो पार्टनरलाई भन्ने पर्ने हुन्छ । यदी तपाईले भन्नु भएन भने तपाई समस्यामा पर्न सक्नु हुन्छ । यस्ता कुरा लुकाइयो भने दाम्पत्य सम्बन्धकै औचित्य हुँदैन र आपसी सम्बन्धमा रहेको विश्वास डगमगाउँछ । सुमधुर सम्बन्धका लागि जीवनसाथीलाई भन्नैपर्ने कुरा यस्ता छन् : सहवास : तपाईं तत्काल सम्भोगका लागि मूडमा हुनुहुन्न तर पार्टनरले तपाइँलाई आग्रह मात्र होइन कर नै गरेको ...