१३ चैत, जनकपुरधाम। चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानका कार्यकर्ताले स्थानीय जनक चोकमा चीनसँगको सम्झौताबिरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद ढोका हो ।, बीआरई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’लगायतका नारासहित प्रदर्शनमा उत्रिएका थिए […]