नक्कली रेमिट्यान्स बनाएर बढी ब्याज दिँदै बैंक

बैंक तथा वित्तीय संस्थाले अन्य स्रोतबाट आएको रकमलाई पनि रेमिट्यान्समार्फत आएको देखाएर तोकिएको भन्दा एक प्रतिशत बढी ब्याज दिन थालेका छन् । अपेक्षित रूपमा निक्षेप संकलन नभएपछि आफ्नो बैंकमा रहेको निक्षेप बाहिरिन नदिन र अन्य बैंकको निक्षेप आकर्षित गर्न नक्कली रेमिट्यान्स खडा गरेर केही बैंक तथा वित्तीय संस्थाले बढी ब्याज दिन थालेका हुन् ।

सम्बन्धित सामग्री

बैंक खातामै रेमिट्यान्स पठाउँदा एक प्रतिशत ब्याज थपको व्यवस्थालाई निरन्तरता

७ साउन, काठमाडौं । बैंक खातामै रेमिट्यान्स पठाउँदा थप एक प्रतिशत ब्याज पाइने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले यथावत राखेको छ । आइतबार चालु आर्थिक वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्थालाई निरन्तरता दिएको हो । ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ,’ […]

माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडौँ– वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि  एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती […]

ब्याजदर घटाउँदै वाणिज्य बैंक

वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा […]

रेमिट्यान्स निक्षेप र कर्जा नवीकरण शुल्कको अध्ययन गर्दै राष्ट्र बैंक

२२ कात्तिक, काठमाडौं । बैंकहरूले नियमविपरीत लिएको ब्याज फिर्ता गर्न लगाएको नेपाल राष्ट्र बैंकले अब कर्जा नवीकरणको नाममा लिइएको शुल्कबारे पनि छानविन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले गत साता सबै वाणिज्य बैंकहरुलाई पत्र काट्दै गत आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको कर्जा नवीकरण र त्यसको शुल्कको विवरण मगाएको […]

महालक्ष्मी विकास बैंक–मोडर्न रेमिट्यान्स सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा दिने उद्देश्यले मोडर्न रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरे । सम्झौतापछि ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा विभिन्न स्थानमा रकमान्तरका लागि बैंकका १०३ शाखामार्फत प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २७ रेमिट कम्पनीसँग सम्झौता गरेको छ । बैंकले रेमिट्यान्सबाट आएको रकमलाई थप १ प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।

बैंकहरुको ब्याज युद्दबारे के भन्छ राष्ट्र बैंक ?

केहि बैंकहरुले सहकारीकै हाराहारीमा ब्याज अफर गरेपछि सिंगो बैंकिंङ क्षेत्र प्रभावित भएको छ। एनआईसी एसिया लगायत केहि बाणिज्य बैंकहरुले बचतमा र मुद्दती निक्षेपको ब्याज ह्वात्तै बढाएपछि सिंगो बैंकिंग क्षेत्र नै प्रभावित भएको हो। एनआईसी एसियाले एक बर्षको अन्तरालमा बचतमै झन्डै ५ गुणाले ब्याज बढाएर ८.०१ प्रतिशत पुर्याएपछि र कर्जाको ब्याजदर पनि झन्डै सहकारीको हाराहारीमा पुर्याएपछि अरु बैंक वित्तीय संस्थाहरु पनि ब्याज बढाउँन बाध्य भएका छन्। एक महिनाकै अन्तरालमा एनआईसी एसियाले झन्डै ३० प्रतिशतले ब्याज बढाएको छ भने एनआईसी एसियालाई अरु तीन बाणिज्य बैंक नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंकले पनि पछ्याएका छन्। यी बैकहरुले आक्रामक रुपमा ब्याजको दर बढाउँदा कम्तिमा पनि आफुसंग भएको निक्षेप बचाएर कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्नलाई पनि अरु बैंकहरु ब्याजदर बढाउँन बाध्य भएका छन्। सबै बैंकहरुले ब्याजको दर बढाउँदा विकास बैक र फाइनान्स हरु पनि ब्याज बढाउँन बाध्य भएका छन्।    बचत र मुद्दतिको ब्याज बढेपछि स्वत कर्जाको ब्याज बढ्ने र यसले ऋणको लागत महँगो पर्न जाने र समग्र अर्थतन्त्रमै मुल्य वृद्धि बढ्ने भएकाले अन्तत: उपभोक्ता नै मारमा पर्ने भएपछि अहिलेको अवस्था रोक्नलाई नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने माग उठेको छ। तर खुलामुखी अर्थतन्त्र भएको नेपालजस्तो देशमा आफुहरुले चाहेर पनि बैंकहरुले बढाएको ब्याजमा हस्तक्षेप गर्न नसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। पटक पटक ब्याजदर बढाएर बैंक वित्तीय क्षेत्रमा अस्थिरता नल्याउनलाई आफुहरुले सुझाव दिएपनि हस्तक्षेप नै गर्न नमिल्ने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बिजपाटीलाई बताए। 'बैंक वित्तीय क्षेत्रमा अस्थिरता आउने गरि कुनै पनि गतिबिधि नगर्नलाई सचेत गराएकै थियौं' प्रवक्ता ढकालले भने, 'अहिले सार्वजनिक भएको ब्याजदरबारे हामीले पनि चाँसो दिएका छौँ, नजिकबाट अध्ययन गरिरहेका छौँ, आवश्यक परेका बेला उचित कदम चाल्छौं।'अवस्था सकारात्मक भएकाले अहिले पैसा तान्नलाई ब्याज बढाउँन हतारो नगर्नलाई सल्लाह सुझाव दिएको ढकालले बताए। बैंकिंङ प्रणालीमा झन्डै ४४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको, रेमिट्यान्स आप्रवाह पनि बढिरहेको, दशैंको लागि बाहिरिएको पैसा पनि बिस्तारै बैंकिग प्रणालीमा आउंदै गरेको, सरकारी खर्चपनि उल्लेख्य मात्रामा बढिरहेको लगायतका सकारात्मक कुराहरुबारे भएकाले संयमता अपनाएर काम गर्नलाई बैंकहरुलाई भनेको उनले बताए।सकेसम्म दिर्घकालिन, नसके कम्तिमा तीन- छ महिनासम्म ब्याज स्थिर रहने गरि योजना बनाउनलाई सचेत गराएको समेत प्रवक्ता ढकालले बताए। यहि कुरालाई सहि दिशा दिनलाई एकीकृत निर्देशन संसोधन तथा परिमार्जन गरेर तीन महिनासम्म एकीकृत आधारदरको आधारमा मात्र कर्जाको ब्याजदर तय गर्नलाई निर्देशन दिएको ढकालले बताए।

रेमिट्यान्सको रकम बैंकमा जम्मा गर्दा बढी ब्याज पाइने, कति ?

साउन २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीबाट आउने विप्रेषण (रेमिट्यान्स) बैंकमा जम्मा गरेमा न्यूनतम पनि १ प्रतिशत विन्दु थप ब्याज दिने बताएको छ । राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो ।वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने राष्ट्र बैंकको उद्देश्य छ । सोहीअनुसार  बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत विन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । र बचत गर्न प्रोत्साहन गर्ने गरि मौद्रिक नी गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत विन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ ।

बैंकबाट रेमिट्यान्स पठाउनेलाई मौद्रिक नीतिमा नयाँ अफर

बैंकिङ प्रणालीबाट विप्रेषण भित्र्याउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपाली विदेशमा विप्रेषण बैंकिङ प्रणाली मार्फत भित्र्याउन र वचत गर्न प्रोत्साहन गर्न बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम एक प्रतिशत विन्दू थप पाउने ब्याज दिने उल्लेख गरिएको छ ।वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत, ७ प्रतिशत यथावत राखिएको छ