महालक्ष्मी विकास बैंक–मोडर्न रेमिट्यान्स सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा दिने उद्देश्यले मोडर्न रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरे । सम्झौतापछि ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा विभिन्न स्थानमा रकमान्तरका लागि बैंकका १०३ शाखामार्फत प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २७ रेमिट कम्पनीसँग सम्झौता गरेको छ । बैंकले रेमिट्यान्सबाट आएको रकमलाई थप १ प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।  

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंक र काठमाडौं प्याथल्याबबीच सम्झौता

काठमाडौं, ५ असार (कास): महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंक ग्राहकले डेबिट कार्ड, क्यूआर (स्क्यान पे) मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा सेन्टरबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवाहरूमा छुट प्राप्त गर्नेछन् । सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंक र कालिज गार्डेन रिसोर्टबीच सम्झौता

काठमाडौं, ५ असार (कास): महालक्ष्मी विकास बैंक र हेटौंडाको कालिज गार्डेन इको रिसोर्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई रिसोर्टले दिने सेवामा छुट पाउनेछन् । सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएक बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंक इजिलिंक रेमिट्यान्सबीच सम्झौता

महालक्ष्मी विकास बैंक र इजिलिंक रेमिट्यान्सबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।यस सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानमा रकमान्तरका लागि देशैभर रहेका महालक्ष्मी विकास […]

महालक्ष्मी विकास बैंक र सम्यकबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने सम्झौता...

महालक्ष्मी विकास बैंक र सम्यक् डायग्नोस्टिकबीच सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक् डायगनोस्टिक प्रालिसँग सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ग्राहकले सम्यक् डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। देशका १०३ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न […]

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग कर्जा सम्झौता गरेको जनाएको छ ।सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा पाउनेछन् ।ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि […]

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा. लि. सँग आइतवार एक सम्झौता गरेको छ ।   उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रा. लि. मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन् ।   सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड च...

महालक्ष्मी विकास बैंक र होटल शम्बलाबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगन्ज शाखाको अगुवाइमा होटल शम्बला प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।...

महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरूलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई उपचार गराउँदा विभिन्न...

महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि भेहिकलबीच सम्झौता

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेड र एमएडब्लु वृद्धि भेहिकल प्रालिबीच भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। शुक्रबार भएको सम्झौता सम्झौताअनुसार कम्पनीबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध […]