काठमाण्डौ कुलेश्वरका कृष्ण रिजालले व्यापार गर्न थालेको झण्डै ३० वर्ष भयो । यो ३० वर्षमा उहाँले स्टेशनरी र लत्ताकपडाको व्यापार गर्नुभयो । पछिल्लो समय भने उहाँ लत्ताकपडाको व्यापारमा मात्र केन्द्रित हुनुहुन्छ । उहाँको पसल काठमाण्डौ रणमुक्तेश्वरको आरबी कम्प्लेक्समा छ । तर, गएको चार/पाँच वर्षदेखि व्यापारमा मन्दी आउन थालेको र अहिलेको अवस्था भने चरम भएको रिजाल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘तीन/चार वर्षयता लकडाउनदेखि कपडाको व्यापार गर्न सक्ने अवस्था छैन । तर, पनि स्थिति सुध्रिएला भनेर व्यवसाय छाडेका छैनौँ । निरन्तरता छ । तर,...