दशैं आयो तर न्युरोडका व्यापारी भन्छन्, ‘व्यापार छैन’

काठमाडौं । दशैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । नेपालीहरुको महान चाड बडा दशैंको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शून्य प्रायः छन् । केही चहलपहल त छ तर सोचेअनुसारको चहलपहल […]

सम्बन्धित सामग्री

दशैंका लागि बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

२८ असोज, बागलुङ । भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दशैं लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्र्याएका छन् ।  मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती […]

दशैं आयो

दशैं नजिकिएसँगै कलंकीस्थित खसीबजारमा खसीबोका धपाउँदै व्यापारी । हाल बजारमा खसीबोका किनबेच बढेको भए पनि भेडाच्याङ्ग्रा भने केही दिनपछि भित्रने व्यापारीहरू बताउँछन् । तस्वीर : अनिल आङ्देम्बे

दशैंले डडेल्धुराका बजार सुनसान, गाउँमा चहलपहल

डडेल्धुरा : नेपालीको महान पर्व दशैंले डडेल्धुराका मुख्य बजारहरू प्रायः सुनसान छन्। बजार क्षेत्रका बासिन्दा दशैं मनाउन आ–आफ्नो गाउँ गएपछि जिल्लाका प्रमुख बजार सुनसान भएका हुन्।जिल्ला सदरमुकामको मुख्य बागबजारसहित तुफानडाँडा, कीर्तिपुर, स्याउले, भात्काँडा, पोखरालगायत बजार सुनसान बनेका हुन्। दशैंअघि निकै चहलपहल हुने यी बजारका धेरैजसो पसलहरू बन्द हुँदा बजार क्षेत्र सुनसान देखिएका छन्।विद्यार्थी, कर्मचारी, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्ता लगायतका कारण भीडभाड भैरहने यी बजार

राष्ट्र बैंक र बैंकमाथि खनिए व्यवसायी, ब्याजमा ठगेको आरोप

११ असोज, काठमाडौं । दशैंको मुखमा उपभोक्ताहरु खर्च घटाउन जोड गरिरहेका छन् । चाडबाडको मौकामा व्यापार बढाउन जोड गरिरहेका व्यवसायी पनि ‘दशैं’ नलागेको बताइरहेका छन् । व्यवसायीहरुको भनाइ मान्ने हो भने अहिले उद्योगी, व्यापारी, उपभोक्ता कसैसँग पनि  आफूलाई अत्यावश्यक खर्च गर्न समेत पैसा छैन । यसको दोषी को हो ? भन्नेबारे सरकार, केन्द्रीय बैंक उद्योगी- […]

शहरलाई लाग्यो दशैं (फोटोफिचर)

यो वर्ष दशैं नजिकिंदा पनि राम्रो ब्यापार नभएको भन्दै व्यापारीहरु चिन्तित छन् । तर, घटस्थापनाको दिनदेखि बजारहरुमा ग्राहकको उपस्थिति बाक्लो भएको छ । यसले शहरमा दशैं गज्जबसँग लागेको महसुस गराउँछ ।

काठमाडौंका व्यापारिक केन्द्र सुनसान हुँदा व्यापारी निरास

काठमाडौं । नेपालीहरुकाे महान चाडपर्व दशैं र तिहार नजिकिंदै गर्दा समेत काठमाडौंका व्यापारिक केन्दमा व्यापार हुन सकेकाे छैन् । राम्रो लगाउने मिठो खाने परम्परा अनुसार बजारमा चहलपहल सुरू भएको छ । दशैं सुरू हुनै लाग्दा काठमाडौंका साना तथा ठूला व्यापारीहरू व्यापार नहुँदा निराश भएका छन् । उपभोक्ता महँगीले जीवन धान्न मुश्किल परेको दुखेसो गरेका छन् […]

होलसेल बजारमा सन्नाटा, व्यापारी भन्छन्– ठाउँ छोड्न मात्र बाँकी छ

दशैं आउन अब केही दिन मात्रै बाँकी छ । यो अवधिमा किनमेलका लागि काठमाडौको असन, इन्द्रचोक, महाबौद्ध क्षेत्रका होलसेल बजारमा सर्वसाधरणको भीड थामिनसक्नु हुनुपर्ने हो । तर यस क्षेत्र अहिले सुनसान जस्तै रहेको व्यापारीहरु बताउँछन् ।

शुभ बनोस् दशैं

नेपालीहरूको महान् चाड दशैं घरआँगनमा भित्रिइसकेको छ । दशैंका चाडपर्वमात्र होइन, यसका विविध आयाम छन् । बहुलवादलाई स्वीकारिको वर्तमान समाजमा दशैं पनि बहुलताकै एउटा चिनारी बन्दै गएको छ । यो धार्मिकभन्दा बढी सांस्कृतिक र सांस्कृतिक भन्दा बढी आर्थिक चाडपर्व बन्दै गएको छ जसको सम्बन्ध अर्थतन्त्रसँग झनै बलियो हुँदै गएको छ । उपभोक्तावादलाई नै मलजल गर्ने यो पर्वसँग उत्पादनलाई जोड्न नसक्दा स्वदेशी अर्थतन्त्रले राम्रो लाभ लिन भने सकेको छैन । आढम्बर र देखासिकी गरेर आम्दानीले धान्नेभन्दा बढी खर्च गर्न थालियो भने पारिवारिक बजेट समस्यामा पर्छ । यही ध्यानमा राखेर चाडपर्व मनाऔं । मिठो खाने, मसिनो लगाउने र परस्परमा आशीर्वाद ग्रहण गर्ने परम्परा बोकेको यस चाड पर्वले शहरमा बसोवास र कमाइ गर्ने ठूलो जनसंख्यालाई गाउँ पुर्‍याउने गरेको छ । यसले आयको वितरणमा पनि सहयोग गर्छ । साथै, गाउँघरमा राजनीतिक, सामाजिक र आर्थिक सचेतनता ल्याउन पनि सहयोग गर्छ । यद्यपि नेपालको ठूलो गाउँले समाज अहिले सूचनाप्रविधिको जालोमा बाँधिइसकेको छ । त्यसो हुँदा मुलुकको राजनीतिक र आर्थिक गतिविधिबारे गाउँका मानिसहरूमा पर्याप्त चेतना फैलिएको पनि पाइन्छ । गाउँ अर्थतन्त्रको महत्त्वपूर्ण अंश हो । कृषि प्रमुख क्षेत्र बनेको नेपाली अर्थतन्त्रमा गाउँको उत्पादनले विशेष अर्थ राख्छ । गाउँबाट शहरतिर लाग्ने प्रवृत्तिले जनसांख्यिकी परिवर्तन ल्याई गाउँ विस्तारै उत्पादनभन्दा पनि उपभोगतिर लाग्न थालेको समेत पाइन्छ । त्यसैले ग्रामीण भेगमा पनि उपभोग्य वस्तुहरूका ठूला बजार पाइन्छन् र व्यापारी तथा व्यवसायीहरूले यो बजारतर्फ आँखा लगाउन थालेको पनि पाइन्छ । कोभिड–१९ का कारण विगतको दशैं घरभित्र नै सीमित हुन पुगेको थियो भने यस वर्ष उत्साहका साथ यो पर्व मनाइँदै छ । यद्यपि आय गुमेका र आय घटेकाहरूका लागि भने विगतका जस्तो उल्लासपूर्ण छैन । अहिले बजारमा देखिएका भीडभाड र किनमेलले दशैंको रौनक देखाएको छ । त्यस्ते घर फर्किनेहरूको चाप र घुमघामका लागि गरिएको तयारीले पनि दशैंको रौनक बढेकै देखाउँछ । दशैं अर्थतन्त्रलाई चलायमान बनाउने समय हो । एक अनुमानअनुसार कुल अर्थतन्त्रको २० प्रतिशतभन्दा बढी आर्थिक गतिविधि दशैंमा हुन्छ । कतिपय व्यवसायीले त वार्षिक कारोबारको झन्डै ३० प्रतिशत कारोबार दशैंमा नै गर्ने गरेको पाइन्छ । त्यही भएर दशैं बजार विस्तारको ठूलो अवसर हो । यही अवसर छोपेर उत्पादक तथा वितरकहरूले ठूला ठूला स्किम ल्याउने गरेका छन् । गाडीदेखि दैनिक उपभोग्य वस्तुसम्ममा यस्तो स्किम ल्याएको पाइन्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एकै दिन १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । तिब्बतबाट च्यांग्रा नआए पनि नेपाली च्यांग्राले राम्रै बजार पाएको छ । टिभी, फ्रीजलगायत घरेलु उपकरण जोड्ने अवसर पनि दशैं नै बन्न थालेको छ । यसरी दशैंमा ठूलो रकम उपभोगका लागि खर्च हुने गरेको छ । यसरी किनबेच हुने वस्तु अत्यधिक विदेशी उत्पादन नै छन् । ठूला व्यापारिक घरानाहरू पनि उत्पादनमा भन्दा व्यापारमै रमाउने गरेको हुँदा दशैले अर्थतन्त्रलाई जति चलायमान गराउँछ त्यसको अनुपातमा आर्थिक वृद्धिदरमा भने कमै योगदान दिन्छ । दशैंकै कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेको छ । त्यसैले उत्पादन वृद्धि गराउन सके दशैले आर्थिक वृद्धिमा निकै ठूलो टेवा दिन सक्छ । चाडपर्वको मूल सम्बन्ध भने आर्थिक नभएर सामाजिक र मनोरञ्जनसँग नै बढी गाँसिएको हुन्छ । नेपालभित्रका विविध समुदायले दशैंलाई आआफ्नै तरीकाले मनाउने गरेको पाइन्छ । जात, भूगोल, परम्परा आदिले यसमा विविधता पाइए पनि यसको सामाजिक महत्त्व भने उस्तै रहेको छ । त्यसैले औकात र आय हेरेर दशै मनाउन आवश्यक छ । आढम्बर र देखासिकी गरेर आम्दानीले धान्नेभन्दा बढी खर्च गर्न थालियो भने पारिवारिक बजेट समस्यामा पर्छ । यही ध्यानमा राखेर चाडपर्व मनाऔं । दशैं आनन्द र उल्लासको पर्व बनोस् सद्भाव र सामाजिक एकताको पर्व बनोस् । सबैमा शुभकामना ।

लाग्यो दशैं : बसपार्कमा घर जानेको भीड, भाडा बढेकोमा यात्रुको गुनासो

नयाँ बसपार्क वरपर जाँदा साँच्चै दशैं भित्रिएको भान हुन्छ । सबैलाई हतारो छ । व्यापारी व्यापार, गाडीवाला यात्रु र यात्रु चाहिँ घर पुग्ने चटारोमा छन् । नयाँ बसपार्क कुम्भमेला जस्तै लाग्छ ।

धनकुटाका ग्रामीण बजारमा खसीबोका व्यापारी बढे

धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमकलगायतका पूर्वी शहर तथा संघीय राजधानी काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको स्थानीय बताउँछन् ।