दशैँको समयमा पनि व्यापार नहुँदा न्युरोडका व्यापारी निराश

दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन्। काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्। नेपालीहरुको महान चाड बडा दशैँको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हु...

सम्बन्धित सामग्री

होलसेल व्यापारी व्यस्त, खुद्रा ग्राहक पर्खंदै

काठमाडौं– लामो समयसम्म व्यापार नभएर निराश बनेका व्यापारी वर्षको सबैभन्दा ठूलो चाड दसैं आउन लाग्दा भने केही आशावादी छन् । कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घट्दा व्यापार सुस्ताएको थियो । अहिले पनि देशको आर्थिक अवस्थामा उल्लेख्य सुधार त आएको छैन तर पनि चाडबाडको समयमा उपभोक्ताले परम्परा धान्नकै लागि भए पनि किनमेल […]

दशैँ व्यापार : व्यापारी भन्छन्, ' साेचेजस्ताे छैन, सेलमा मात्रै भीड हाे'

काठमाडौँ : दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा काठमाडौँको मुख्य बजारका व्यापारीहरू चिन्तित बनेका छन्। काठमाडौँको असन, न्युरोड र भोटाहिटीलगायतका व्यपारीहरू दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्।विगतका वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीले उत्साह नदेखिएको उनीहरूले बताएका छन्। न्युरोडका व्यापारी वैकुण्ठ दाहालले सामान किन्ने ग्राहक नआउँदा व्यापारीहरू मोवाइल चलाएर बस्न बाध्य भएको बताए।नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले केही चहलपहल भए पनि सोचेअनुसा

कर्मचारी निर्वाचनमा केन्द्रित, आफूखुसी मूल्य तोक्दै व्यापारी

काठमाडौं, कात्तिक २९ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो। नेपाल खुदा व्यापार .संघको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले पछिल्लो समयमा […]

दशैं आयो तर न्युरोडका व्यापारी भन्छन्, ‘व्यापार छैन’

काठमाडौं । दशैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । नेपालीहरुको महान चाड बडा दशैंको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शून्य प्रायः छन् । केही चहलपहल त छ तर सोचेअनुसारको चहलपहल […]

असन र न्युरोडमा हरायो आकर्षण, व्यापारी निराश (तस्वीरहरू)

काठमाडौं :  दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन्। काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्। नेपालीहरुको महान चाड बडा दशैँको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्रायः छन्।केही चहलपहल त छ तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ। गत वर्षहरुमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरे पनि यसवर्ष भन

चीनसँगको व्यापार : बिचौलिया सलबलाउँदै, व्यापारी मारमा

काठमाडौं । चीनसँगको व्यापारिक सम्बन्ध त्यति उत्साहजनक नदेखिरहेको बेला कोभिडको कारण देखाउँदै चीनले गरेको कडाइका कारण बिचौलियाको बिगबिगी झनै बढेको छ । चीनबाट नेपाली व्यापारीले रसुवागढी नाका हुँदै सामान ल्याउन खोज्दा चिनियाँ सरकारी अधिकारीसँगको मिलेमतोमा चिनियाँ मालवाहक सवारी दुवानी कम्पनीका प्रतिनिधिहरूले मनलाग्दी दुवानी खर्च उठाउन थालेका छन् । यही कारण चीनबाट सामान ल्याउन नसकिएको व्यापारीहरूको भनाइ छ । कोरोनालाई कारण देखाउँदै चिनियाँ पक्षले एकदमै कम अर्थात् दैनिक सातओटा कन्टेनर मात्रै नेपालतर्फ पठाइरहेको छ । ढुवानीमा चिनियाँ पक्षले अनावश्यक बार्गेनिङ बढाएका छन् । यसले केरुङसम्मको भाडा बढी तिर्छ उसैको लोड गरिदिने गरेको व्यापारीहरूको भनाइ छ । विगत लामो समयदेखि चीनबाट सामान आयात गर्दै आएका पीएनपी इन्टरप्राइजेजका प्रोपाइटर एवं नेपाल चेम्बर अफ कमर्शका कर राजस्व तथा भन्सार समितिका सभापति प्रभु अधिकारीका अनुसार अहिले चीनबाट सामान ल्याउँदा ढुवानीमा चिनियाँ पक्षको बार्गेनिङ अनपेक्षित रूपमै बढाउँदा कठिन भएको बताउँछन् । उनका अनुसार कोरोना शुरुआतदेखि नै केरूङ ‘जिलोङ पोर्ट हुँदै रसुवा नाकाबाट मालसामान आयात गर्न निकै कठिनाइ भइरहेको छ । एकातिर महँगो ढुवानी शुल्क तिर्नुपरेको छ भने अर्कातिर मालसामान पनि हराउने गरेको छ । नेपाली कामदार लगेर सामान लोड गर्न नदिने चिनियाँ पक्षको कडाइले सामान चोरी बढेको हो । ‘चीनको कुनै पनि प्रान्तबाट लोड भएर हिडेको सामान १५–२० दिनभित्र चीनको भन्सार बिन्दु केरुङमा आइपुग्छ तर केरुङ जिलोङ पोर्टदेखि रसुवा भन्सार बिन्दुसम्म जम्मा २८ किलो मीटर दूरी पार गर्न ६ महीना कुर्नुपरेको छ, चीनमा किनेको सामान नेपाल प्रवेश गर्न सक्दैनन्,’ अधिकारीले भने । चिनियाँ ढुवानी व्यवसायी तथा चिनियाँ सरकारी कर्मचारीहरूको मिलोमतोमा यस्तो समस्या उत्पन्न हुने बिचौलिया प्रवृत्ति नै भएको अधिकारीको बुझाइ रहेको छ । नेपाली व्यापारीहरूका अनुसार अहिले जाडोको सामान चीनबाट झन्डै दैनिक २५ भन्दा पनि बढी कन्टेनर केरुङ नाकाका लागि हिँड्ने गरेका छन् । तर, चीन सरकारले कोभिडको कारण देखाएर दैनिक सातओटा कन्टेनर मात्र छोडिदिँदा बिचौलिया सलबलाएका हुन् । नेपाली व्यापारीहरूका अनुसार नेपाल सरकारले नै कूटनीतिक रूपमा पहल गरी चीनसँगको व्यापारमा देखिएका समस्या समाधानमा ध्यान दिनुपर्नेमा चासो नै देखाएको छैन । ढुवानी कति बढ्यो ? कोभिडभन्दा अघि ६८ सीबीएम क्षमता भएको ५ हजार चिनियाँ युआन (नेरू १ लाख लागत पर्ने कन्टेनरको भाडा अहिले चिनियाँ युआन ६० हजार (नेरू १ लाख २० हजारदेखि माथि) लिने गरेका छन् भने चीनको कुनै प्रान्तदेखि केरुङ नाकासम्मको ढुवानी शुल्क प्रतिसीबीएम चिनियाँ युआन ५६० (ने रू. ११ हजार २००) अथवा प्रतिकिलो (ने रू. ६०) को दरले मालसामान केरुङ आइपुग्नु अगावै तिरिसकेका हुन्छन् । ढुवानीमा बिचौलिया हाबी हुँदा सामान समयमा नआउने समस्याका साथै मुल्यवृद्धिसमेत चर्को बढ्न थालेको व्यापारीहरूको भनाइ छ ।

भेडाबाख्रामा परनिर्भर बन्दै जुम्ला

यो पटकको दसैँमा जुम्लाका भेडा व्यापारी प्रेम कार्कीले बाजुरा जिल्लादेखि भेडा खरिद गरेर ल्याए। पहिले जुम्लाका स्थानीय भेडा ल्याएर दसैँमा भेडाको व्यापार चलाउँदै आएका उनी यो पटक बाजुरा पुगे। उनले भने, ‘जुम्लामा भेडाबाख्रापालन निकै घटेको देखियो। पछिल्लो समयमा...

धनगढीका व्यापारी चिन्तित

काठमाडौं, असोज २७ । दशैंको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायी चिन्तित भएका छन् । दशैंमा समेत धनगढी बजारमा अपेक्षित बन्द व्यापार नभएको व्यवसायीको गुनासो छ । सीमावर्ती भारतीय बजारमा उपभोक्ताको आकर्षण बढेसँगै यताको बजार सेलाएको हो भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ । धनगढीका व्यापारी मदनकृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको […]

बिक्रीका लागि राखिएको राखि(फोटोफिचर)

देउखुरी, ५ भदौ : रक्षा बन्धनको लागि घोराही बजारमा बिक्रीका लागि राखिएको राखि । पछिल्लो समयमा दाङमा राखिको व्यापार राम्रो हुँदै गएको व्यापारी बताउँछन् । -तस्वीर : रञ्जिता अधिकारी-रासस

पसलहरु खुलै छन्, व्यापार भने लगभग बन्द!

काठमाडौँ– मंगलबार साँझ करिब ७ बजे। झमझम पानी परिरहेको थियो। त्यही पानीमा प्रहरीको गाडीको साइरन बज्यो। प्रहरीको साइरन बजेको सुनेपछि व्यापारीहरुले हतार–हतार सटर झारे। यो दृश्य हो, ललितपुरको भैसेपाटीको। सरकारले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म व्यापार व्यवसाय गर्न अनुमति दिएको छ। तर व्यवसायीहरुले सरकारले तोकेको समयमा पनि पसलहरु बन्द गरेका हुँदैनन्। भैसेपाटीका लुगा व्यापारी […]