झापा : भद्रपुर नगरपालिकामा नेकपा (एमाले) र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरू आपसमा सहकार्य गरी अघि बढ्ने सङ्केत देखिएको छ। भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा भद्रपुरमा ५२ सदस्यका लागि नेकपा एमाले, राप्रपा, जसपा लगायतका अन्य साना दलहरू एक्लाएक्लै प्यानल बनाएर निर्वाचन लडेका थिए।नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धन बनाएर निर्वाचन लडेका थिए। निर्वाचनमा आएको मत परिणामअनुसार प्रमुख पद एमालेले नजिते पनि भद्रपुर नगरपालिकामा एमालेको एकल बहुमत रहेको छ।