चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले अमेरिकाका लागि नयाँ पान्डाहरू पठाउने सङ्केत गर्नुभएको छ । चीन र अमेरिकाबिच मित्रताको दूतको रूपमा पान्डाहरू पठाइने राष्ट्रपति सीको भनाई थियो । पान्डा संरक्षणको मामिलामा अमेरिकासँग सहकार्य जारी राख्न चीन तयार रहेको उनले बताएका थिए । दुई दशकपछि पहिलोपटक चीनले क्यालिफोर्नियास्थित सान डियगो शहरको एक चिडियाखानाका लागि ती दुई पान्डा […]
अमेरिकामा भएको संसदीय चुनावमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधि सभामा बहुमत ल्याउने सङ्केत देखिएको छ । तल्लो सदनका सबै चार सय ३५ सिटका लागि चुनाव भएको छ । बहुमतका लागि दुई सय १८ सिट चाहिन्छ । यो समाचार तयार पार्दासम्म रिपब्लिकनले एक सय ९८ र डेमोक्र्याटले एक सय ७३ सिट जितेका छन् ।
चुनावअघि राष्ट्रपति जो बाइडेनको दल डेमोक्र्याट दुई सय २० सिटसहित बहुमत थियो । विश्लेषकहरूका अनुसार यसपालि रिपब्लिकन दलले प्रतिनिधि सभामा बहुमत जित्ने देखिन्छ । बहुमत प्राप्त भएपछि रिपब्लिकनले डेमोक्र्याट दलका विधायिकी एजेन्डा अवरुद्ध ...
काठमाडौँ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनको मस्को अधिनस्थ खेर्सनबाट सर्वसाधारणलाई बाहिर निकाल्नुपर्ने बताएका छन् । रुसले एकता दिवस मनाइरहँदा पुटिनले युक्रेनको कब्जामा रहेका क्षेत्रका युवा स्वयंसेवकहरूलाई रेड स्क्वायरमा सम्बोधन गर्दै भने, “खेर्सनमा बस्नेहरूलाई लडाइँको खतरायुक्त क्षेत्रबाट हटाउनुपर्छ ।’’ रूसले आणविक हतियारको प्रयोग गर्नसक्ने भन्ने हल्ला चलिरहेका समय रूसको यो भनाइ आएको हो । यसैबीच, […]
लेबनानको संसद्ले पहिलो चरणको मतदानबाट नयाँ राष्ट्रपति चयन गर्न बिहीबार असफल भएको छ। लेबनानले खराब वित्तीय संकटसँग जुधिरहेको लेबनानमा मतदानमा अधिकांश सांसदहरूले खाली मतपत्र खसालेका छन्। जसले निर्वाचन प्रक्रिया लम्बिने सम्भावना रहेको सङ्केत गरेको छ। सभामुख नबिह बेरीले भने, ‘जब अर्को राष्ट्रपतिको बारेमा सहमति हुन्छ तब उहाँले संसदको नयाँ सत्र बोलाउनुहुनेछ। यो प्रक्रिया संवैधानिक समयसीमा […]
प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ ।
प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उहाँ हिजो माल्दिभ्स पुग्नुभएको थियो । राजापाक्षेसँगै उहाँकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।
राजापाक्षे देशबाट भागेपछि राजनीतिक सङ्कट थप गहिरिएको छ । तत्काल सङ्कट टर्ने सङ्केत देखिएको छैन । श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । श्रीलङ्काको सेना र पुलिस प्रशासनले संसद्का सभामुखलाई सर्वदलीय बैठक बोलाउन र ...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जापानको टोकियोमा हिजो भएको भेटवार्ताले द्वीपक्षीय साझेदारी थप बलियो बनाएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
मोदी र बाइडेनबीचको भेटले दुई देशबीच नियमित उच्चस्तरीय वार्ताको निरन्तरतालाई सङ्केत गरेको समाचार संस्था एएनआईले जनाएको छ । भारत र अमेरिकाले रक्षा र सुरक्षा सहयोग द्वीपक्षीय एजेन्डा रहेको उल्लेख गर्दै कसरी सहयोगलाई अझ सुदृढ गर्न सकिन्छ भनेर पनि छलफल गरेका छन् । अमेरिकी राष्ट्रपतिका रुपमा जो बाइडेनको यो पहिलो एसिया भ्रमण हो ।
काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिकलाई युक्रेनको सत्ता हातमा लिन आग्रह गरेका छन् । शुक्रवार पुटिनले रुसको सुरक्षा परिषद्को बैठकबाट यस्तो आग्रह गरेको रुसको सरकारी मिडिया आरटीले जानकारी दिएको छ । युक्रेनको राजधानी केइभमा नजिकै पुगिसकेको रुसी फौजतर्फ सङ्केत गर्दै पुटिनले युक्रेनी सैनिकलाई आग्रह गर्दै भनेका छन्, ‘सत्ता हातमा लिनुस् । केही लागुऔषध अम्बली […]
पुस्तकालय ज्ञान निर्माणको थलो हो । कुनै पनि देशमा बौद्धिक व्यक्तित्वको सम्मान कति हुन्छ भन्ने कुराको सङ्केत त्यहाँ रहेको पुस्तकालयहरूको अवस्थाले देखाउँछ । हामी पुस्तकालय कति समय बिताउँछौँ, त्यसले हाम्रो जीवनको गुणस्तरमा सुधार ल्याउँछ ।नेपालमा पनि थुप्रै पुस्तकालयहरू छन् तर व्यवस्थित र सबैको पहुँचमा छैनन् । भएका पुस्तकालयहरू पनि भूकम्प र कोभिड–१९ का कारण तहसनहस छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको कथा पनि यस्तै छ । यसबारे राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई ध्यान केन्द
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा युद्धविराम गर्न अपिल गर्नु भएको छ ।
उहाँले गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनीबीच भैरहेको संघर्ष रोक्न अपिल गर्नु भएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायल र अन्य देशसँगको दुस्मनी रोक्ने प्रयासमा अमेरिका लागि परेको पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ । गाजा क्षेत्रमा भइरहेको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । एक हप्ता कटिसक्दा पनि युद्ध समाप्त हुने कुनै संकेत नदेखिएको बीबीसीले जनाएको छ ।
अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय ...