सत्तासीन नेपाली काँग्रेसभित्रको मतभेद सतहमा आउने सङ्केत देखिएको छ । सभापति शेरबहादुर देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै शेखर कोइराला समूह सङ्घर्षमा उत्रिने तयारीमा छ ।विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयनका विषयमा शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो । बिहीबार शेखर कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्न लागेको हो ।पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएको पाइएको छ । पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र